आकाशगंगा बाहिर पहिलो ग्रह भेटिएको संकेत

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
आकाशगंगा बाहिर पहिलो ग्रह भेटिएको संकेत

काठमाडौं ।

खगोलविदहरुले हाम्रो तारामण्डलभन्दा बाहिर पहिलो ग्रह भेटेको संकेत दिएका छन्।

हालसम्म हाम्रो सूर्यबाहिर ५ हजार ‘एक्सोप्लानेट’ अर्थात् सोर्यमण्डलबाहिरका ताराहरुलाई घुम्ने ग्रहहरु पाइएका छन् तर ती सबै आकाशगंगा तारामण्डल भित्रै रहेका छन्।

अहिले भने नासाको चन्द्र एक्स-रे टेलिस्कोपद्वारा मेस्सियर ५१ नामको तारामण्डलमा शनि ग्रहकै आकारको हुन सक्ने ग्रह भेटिएको बताइएको छ।

यो ग्रह आकाशगंगाबाट २ करोड ८० प्रकाश वर्ष टाढा रहेको बुझिएको छ।

यो नयाँ नतिजा ग्रहले ताराको अगाडिबाट गुज्रिँदा ताराको केही प्रकाश छेक्ने र त्यसबाट ब्राइटनेसमा केही फरक पार्ने भएकाले उक्त फरक ब्राइटनेशलाई टेलिस्कोपबाट हेरेर निकालिएको हो।

यो तरिका यसअघिका हज्जारो यस्ता एक्सोप्लानेटहरु पत्ता लगाउने क्रममा प्रयोग भइसकेको छ। डा रोजान डी स्टेफानो तथा उनका सहकर्मीहरुले एक्स-रे ब्राइट बाइनरी नामको उपकरणबाट प्राप्त एक्स-रेको ब्राइटनेसमा आएको उतारचढावलाई पत्ता लगाएका हुन्।

यी अब्जेक्टहरुमा नजिकै रहेको अर्को ताराबाट ग्यास तानिरहेको न्यूट्रन तारा वा ब्ल्याक होल रहेका हुन्छन्। यस प्रक्रियामा न्यूट्रन तारा वा ब्ल्याक होल नजिकको पदार्थ अत्यधिक तातो हुन्छ र एक्सले वेभलेन्थमा प्रकाशित हुन्छ।

यसबाट आउने चम्किलो एक्स-रे सानो हुने भएकाले यसअगाडि उक्त ग्रह आउँदा यस्ता अधिकांश किरणलाई छेक्ने हुनाले टेलिस्कोपमार्फत् देख्न सहज हुने बीबीसीले उल्लेख गरेको छ।

टोलीका सदस्यहरुले एम५१-यूएलएस-१ नामक बाइनरी सिस्टममा एक्सोप्लानेट पत्ता लगाउन यो तरिका अपनाएका थिए।

‘हामीले विकास गरेर प्रयोगमा ल्याएको यो तरिका अन्य तारामण्डलका ग्रह प्रणाली पत्ता हालसम्म उपलब्ध प्रयोग गर्न सकिने एकमात्र तरिका हो’, डा स्टेफानोले बीबीसीलाई बताए। उनी अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको हार्भर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्ससँग आबद्ध छन्।

उनका अनुसार अद्वितीय तरि यो एक्स-रे बाइनरी वरपरको कुनै पनि दूरीमा रहेका ग्रहहरु पत्ता लगाउनका लागि सुहाउँदो रहेको छ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार