जुमको लाइभ ट्रान्सक्रिप्शन सुविधा अब सबै निःशुल्क प्रयोगकर्ताहरूको उपलब्ध

  • Technology Khabar | ९ कार्तिक २०७८, मंगलवार
जुमको लाइभ ट्रान्सक्रिप्शन सुविधा अब सबै निःशुल्क प्रयोगकर्ताहरूको उपलब्ध

काठमाडौं ।

जुमको लाइभ ट्रान्सक्रिप्शन सुविधा अब सबै निःशुल्क प्रयोगकर्ताहरूको लागि व्यापक रूपमा उपलब्ध भएको छ। पहिले यो सुविधाका लागि तपाईंले पहुँच गर्न भुक्तान गर्नुपर्ने थियो, तर वर्षको सुरुमा, जुमले यसलाई सबैलाई रोल आउट गर्ने बताएको थियो।

दि उनीहरूलाई उनीहरूको बैठकहरूको लागि सो टूल चाहिएमा अब यो फिचरका लागि नि:शुल्क प्रयोगकर्ताहरूले कम्पनीबाट एक्सेसका लागि अनुरोध गर्न आवश्यक पर्दैन्। यदि तपाईं कलमा हुनुहुन्छ र होस्टलाई लाइभ ट्रान्सक्रिप्सन खोल्न अनुरोध गर्न चाहनुहुन्छ भने तपाईंले मिटिङ्ग टूलबार प्रयोग गरेर त्यसो गर्न सक्नुहुन्छ।

हाल, जूमको यो नयाँ सुविधाले अंग्रेजी भाषामा मात्र काम गर्दछ, तर थप भाषाहरूको लागि समर्थन आउनेगरी काम गरिरहेको बताईएको छ।

गत सेप्टेम्बरमा, जुमले अर्को वर्षसम्ममा कुल ३० भाषाहरूमा स्वचालित क्लोज्ड क्याप्शनको सुबिधा प्रस्ताव गर्ने बताएको थियो। कम्पनीले सोही अवधिमा १२ भाषाहरूको लागि प्रत्यक्ष अनुवाद (लाइभ ट्रान्सलेसन) थप्ने काम पनि गरिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • ९ कार्तिक २०७८, मंगलवार