
काठमाडौं ।
भारतीय सुपरस्टार रजनीकान्तले पनि सामाजिक सञ्चाल एप ‘हुटे’ सार्वजनिक गरेका छन्।
भारतमा सेतो लाटोकोसेरोलाई हुटेका नामले चिनिन्छ। यसैमा आधारित भएर हुटे नाम राखिएको बुझिएको छ।
उनकी छोरी सौन्दर्याले बनाएको उक्त सोशल मीडिया एप हूटे आवाजमा आधारित अर्थात् भ्वाइस बेस्ड एप हो। सौन्दर्या तथा अम्टेक्सका सीईओ सनी पोकाला यो एपका सह संस्थापकका रुपमा रहेका छन्।
एप सार्वजनिक गरेपछि अभिनेता रजनीकान्तले सोशल मिडियामा हूटे एउटा भ्वाइस अर्थात् आवाजमा आधारित सोशल मिडिया प्लेटफर्म भएको र यो भारतले विश्वका लागि तयार पारेको उल्लेख गरेका छन्।
Hoote – Voice based social media platform, from India ???????? for the world ???????? https://t.co/Fuout7w2Tr
— Rajinikanth (@rajinikanth) October 25, 2021
यो एपको मद्दतबाट यूजरले आफ्ना विचारहरु आवाजमार्फत् अर्थात् भ्वाइस नोटका रुपमा शेयर गर्न सक्ने बताइएको छ। आफ्ना पोस्टहरुलाई अझ राम्रो बनाउनका लागि पार्श्व ध्वनी अर्थात् ब्याकग्राउन्ड म्युजिक पनि प्रयोग गर्न सकिनेछ।
यो एपले तमिल, हिन्दी, तेलुगु, मराठी, मलयालम, कन्नड़, बंगाली तथा गुजराती गरी ८ भारतीय र अन्य तीन अन्तरराष्ट्रिय भाषा सपोर्ट गर्ने कम्पनीको भनाइ छ।
गुगल प्ले स्टोरमार्फत् इन्स्टल गर्न सकिने
हूटे एप गुगल प्ले स्टोरबाट निशुल्क इन्स्टल गर्न सकिन्छ। यो एप इन्स्टल भएपछि पहिलो पटक भाषा चयन गरी यूजर एकाउन्टका लागि रजिस्ट्रेशन गर्न सकिन्छ।
यो ट्विटर तथा कू जस्ता सोशल प्लेटफर्म जस्तै हो जहाँ एकाउन्ट बनाए पछि सेलिब्रिटी, न्यूज च्यानल्स, राजनीतिज्ञ तथा फ्यान पेजहरुलाई फलो गर्न सकिन्छ। फलो गरेका एकाउन्ट भएकाहरुको पोस्ट एपमा देख्न सकिने बताइएको छ।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार