
काठमाडौं ।
नेपाल टेलिकमले आजदेखि बर्दिया जिल्लामा आफ्नो एफटीटीएच सेवा शुरु गरेको छ।
कम्पनीले आज एक कार्यक्रमका बिच सो जिल्लामा सेवा शुभारम्भ गरेको जानकारी दिएको छ।
बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले एक कार्यक्रमका बिच नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग एफटीटीएच सेवामार्फत कुराकानी गरेर सेवा शुरु भएको घोषणा गरेका थिए।
टेलिकमले यसअघि नै ६० जिल्लाका १०८ भन्दा धेरै स्थानीय तहहरुमा एफटीटीएच सेवा बिस्तार गरीसकेको छ।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार