
काठमाडौं ।
युट्युब म्युजिकले अब आफ्ना नि:शुल्क प्रयोगकर्ताहरूका लागि अडियो मात्र सुन्ने विकल्प दिने भएको छ। युट्युब म्युजिक नि:शुल्क प्रयोग गर्ने प्रयोगकर्ताहरूले अब उप्रान्त म्युजिकका साथमा भिडियोहरू हेर्न सक्ने छैनन्।
यो परिवर्तन युट्युब म्युजिकमा मात्र भएको हो र युट्युबमा होइन भन्ने कुरा ध्यानमा राख्नुहोस्।
यो परिवर्तन सबैभन्दा पहिले क्यानडामा नोभेम्बर ३ बाट रोल आउट हुनेछ। यो फिचर नेपालसहितका अन्य देशहरूमा कहिले लन्च हुने बारे कुनै जानकारी दिइएको छैन। हालै यी परिवर्तनहरू प्लेटफर्मले पोस्टमा घोषणा गरेको छ।
यो परिवर्तनमा अर्को कुरा विषय छ। युट्युब प्रिमियमको सदस्यता नलिने प्रयोगकर्ताहरूले अन-डिमान्ड संगीत सुन्न पाउने छैनन भने अनलिमिटेड स्कीप गर्न सक्ने छैनन्।
यद्यपि, तपाईं युट्युब म्युजिकमा डेडिकेटेड मुड मिक्सको आनन्द लिइरहन सक्नुहुन्छ। यसले कसरत र साइलेन्ट मिक्सहरू सहित हजारौं प्लेलिस्टहरू समावेश गर्दछ र पहिलेकै जस्तो विज्ञापनहरूका साथमा चल्नेछ।
रिपोर्टकाअनुसार यदि नि: शुल्क प्रयोगकर्ताहरूले केही गीतहरू अपलोड गरेका छन् भने, उनीहरूले कुनै बाधा बिना नै अन डिमाण्ड सुन्न सक्षम हुनेछन्।
नि: शुल्क प्रयोगकर्ताहरूले के गर्न सक्षम हुनेछन्?
नि:शुल्क युट्युब म्युजिक एप प्रयोग गर्ने प्रयोगकर्ताहरूले पृष्ठभूमिमा संगीतको आनन्द लिन सक्छन्। तपाईं व्यक्तिगत मिक्सहरू सुन्न सक्नुहुन्छ। तिनीहरूले आफ्नो मूड र गतिविधि अनुसार संगीतको आनन्द लिन सक्षम हुनेछ, तर यसमा विज्ञापनका साथमा देखिनेछ। तपाईंले युट्युब म्युजिकमा अन्य सबै गीत र प्लेलिस्टहरू सुन्न सक्नुहुन्छ।
प्रिमियम प्रयोगकर्ताहरूले के गर्न सक्नेछन्?
प्रिमियम सदस्यता लिएका प्रयोगकर्ताहरूले नि: शुल्क एप प्रयोग गर्नेहरू भन्दा स्पष्ट रूपमा बढी लाभहरू प्राप्त गर्न सक्छन्। यसमा अनलिमिटेड अन-डिमांड गीतहरू सुन्न सकिन्छ। तपाईंले युट्युब म्युजिकमा भिडियोहरू हेर्न सक्नुहुन्छ र तपाईंले जति पटक चाहे पनि गीतहरू छोड्न अर्थात स्कीप गर्न सक्नुहुन्छ। र यो सबै विज्ञापन बिना नै हुनेछ।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार