इलेक्ट्रिक कार निर्माता टेस्ला ‘ट्रिलियन डलर’ क्लबमा, १० खर्ब डलर बजार मूल्य भएको चौथो कम्पनी

  • Technology Khabar | ९ कार्तिक २०७८, मंगलवार
इलेक्ट्रिक कार निर्माता टेस्ला ‘ट्रिलियन डलर’ क्लबमा, १० खर्ब डलर बजार मूल्य भएको चौथो कम्पनी

काठमाडौं ।

टेस्लाको सेयर मूल्यले सोमबार १ ट्रिलियन डलर अर्थात १० खर्ब डलरको मार्केट क्याप हासिल गरेको छ। रेन्टल कार कम्पनी “हर्ज”ले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख इलेक्ट्रिक भेहिकलहरु अर्डर गर्ने समाचार आएसँगै टेस्लाको बजार मूल्य १० खर्ब डलर पुगेको हो।

यससँगै टेस्ला ट्रिलियन-डलरको बजार क्याप हुने चौथो कम्पनी भएको छ। जसअनुसार एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता ट्रिलियन डलरको बजार क्याप कम्पनीहरूमा सामेल भएको हो।

सम्झौताको खबरले टेस्लाको स्टकलाई अमेरिकी समयअनुसार सोमबार दिउँसो ९९७ डलर भन्दा बढिमा पुर्याएको थियो,जून नयाँ रेकर्ड-उच्च एक व्यापारिक दिनपछि सेयर ९०० डलरमा हिट भयो। स्टक हाल लगभग ९ प्रतिशतले वृद्धि भएको छ।

ब्लूमबर्गकाअनुसार यो सम्झौताले टेस्लाको लागी ४.२ अर्ब डलरको आम्दानी ल्याउनेछ, जून विद्युतीय गाडीहरुको अहिलेसम्मकै सबैभन्दा ठूलो खरिद हो।

यो खरिदसँगै विद्युतीय गाडीहरु अब मुख्य बजारको हिस्सा हुने र यसले सबैलाई आकर्षित गर्ने बताईएको छ।

“विद्युतीय सवारी साधनहरू अब मेनस्ट्रिम भएका छन्, र हामीले भर्खरै बढ्दो विश्वव्यापी माग र चासो देख्न थालेका छौं,” हर्जका अन्तरिम प्रमुख कार्यकारी अधिकृत मार्क फिल्ड्सले रोयटर्ससँग भनेका छन्।

यी कारहरु आगामी १४ महिनामा ढुवानी गरिने बताईएको छ।

टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले औसतमा ५० प्रतिशतको वार्षिक बिक्री वृद्धिको लक्ष्य राखेका छन्, र एक बर्षमा २ करोड सवारी साधन सम्म पुग्ने अपेक्षा गरेका छन्। त्यो वर्तमानमा बजारका बिक्री नेताहरु फक्सवागन एजी र टोयोटा मोटर कर्पोरेशनको बिक्रीको दोब्बर भन्दा बढी हुनेछ।

यो सम्झौता हर्जले टाट पल्टिएको घोषणा दर्ता गर्ने बताएको १ वर्षपछि भएको हो । जसलाई लगानीकर्ता कम्पनी नाइटहेड क्यापिटल म्यानेजमेन्ट, सेन्टारेज अपरच्यूनिटीज र अपोलो क्यापिटल म्यानेजमेन्टले उद्दार गरेका हुन् ।

प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ९ कार्तिक २०७८, मंगलवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ९ कार्तिक २०७८, मंगलवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ९ कार्तिक २०७८, मंगलवार