‘सोनीलिभ’ मा उपलब्ध कार्यक्रम नेपालबाटै हेर्न सकिने, सोनीलीभ र टेलिनेटबीच साझेदारी

  • Technology Khabar | ८ कार्तिक २०७८, सोमबार
‘सोनीलिभ’ मा उपलब्ध कार्यक्रम नेपालबाटै हेर्न सकिने, सोनीलीभ र टेलिनेटबीच साझेदारी

काठमाडौं ।

सोनी पिक्चर्स नेटवर्क्स ईण्डिया (Sony Pictures Networks India ‘SPNI’) को लोकप्रिय ओटीटी प्लेटफर्म, सोनीलिभ (SonyLIV)ले टेलिनेट प्रा.लि.सँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्नसक्ने सुविधा उपलब्ध गराएको छ।

यो ओटीटी प्लेटफर्म आईओएस, एण्ड्रोइड र वेबमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ।

नेपालका ग्राहकहरुले www.gfsarena.com वेवसाइटमा गई क्यलथीक्ष्ख् को सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – इसेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लेटफर्म सोनीलिभले टेलिनेटसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक – पुनःविक्रेता हो । सोनीलिभका सव्सक्राइबरहरुले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामाग्री, विशिष्ट खेलकुद सामाग्री, आदि यही प्लाटफर्म मार्फत हेर्न सक्नुहुनेछ। प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टि.भीमा हेर्न सक्नुहुनेछ भने कुनै पनि सदस्यले ५ वटा सम्म प्रोफाइल बनाउन पाउने कम्पनीले उल्लेख गरेको छ।

रमेश कर्पको इकाई टेलिनेट नेपालमा स्थापित आइटी कम्पनी हो जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ्ग, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ्ग प्लाटफर्म उपलब्ध गराउँदछ। रमेश कर्प नेपालको एक अग्रणी कम्पनि हो र म्यानुफ्याक्चरिङ्ग डिभाईस, बैकिङ्ग तथा बीमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारी साधन र विद्युतीय उपभोग्य साधन जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको एक समूह हो ।

जारी विज्ञप्तीमा उल्लेख भएअनुसार यस साझेदारीले नेपालमा दुवै साझेदारहरुको थप उपभोक्ता–केन्द्रित उद्देश्यहरुका लागि सँगै काम गर्न नयाँ आयामहरु सुनिश्चित गर्ने टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवान्कुर सुदले बताए।

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार