नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौँबिच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

  • Technology Khabar | ८ कार्तिक २०७८, सोमबार
नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौँबिच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

काठमाडौं ।

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौंसँग सहकार्यको लागि सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सीईओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा बैंक अफ काठमाडौँको तर्फबाट कार्ड एन्ड टेकबेस्ड सभिस अपरेसन्सका प्रमुख अमर राजभन्डारी र कार्ड एन्ड टेकबेस्ड सभिस अपरेसन्सका अफिसर डिलन शाक्यले संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले बैंक अफ काठमाडौँसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंक अफ काठमाडौँसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ।

नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार