
काठमाडौं ।
अस्ट्रेलियाको एउटा सानो समाचार गृहले फेसबुक इंकमाथि नयाँ नियम लगाउन सरकारलाई आग्रह गरेको छ।
उक्त प्रकाशकले आफू फेसबुकको व्यवहारदेखि चिन्तित भएको भन्दै सामग्री आफूसँग प्रकाशन सम्झोता गराउन सरकारलाई गुहारेको हो।
शैक्षिक प्रकाशक द कन्भरसेसनले यसैहप्ता आफ्ना पाठकहरुलाई उक्त याचिका ईमेल गर्दै अस्ट्रेलियाका साना आउटलेटहरुले नयाँ कानूनले व्यवस्था गरे अनुरुप फेसबुकसँग सम्झाैता नगरेको आरोप लगाएको थियो।
अमेरिकी इन्टरनेट जायन्ट ताथ अल्फाबेट इंकको गुगललाई भिजिटर र ट्राफिक धेरै आकर्षण गर्ने खालका सामग्री र विज्ञापन आफ्ना वेबसाइटमा प्रकाशन गर्न गत मार्चदेखि अस्ट्रेलियाका आउटलेटहरुसँग सहकार्य गर्न आदेश दिइएको थियो।
यसो नगरेको खण्डमा सरकारले जरिबाना गर्न सक्ने बताइएको थियो। न्यूज कर्प तथा अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पजस्ता ठूला कम्पनीहरुले भने दुवै सोसल मिडियासँग सम्झाैता गरिसकेका छन्।
तर द कन्भरसेसन लगायतका केही साना तथा स्वतन्त्र समाचार संस्थाहरुलाई भने उनीहरुले नजरअन्दाज गरिरहेको रोयटर्सले जनाएको छ।
‘द कन्भरसेसनलाई दोस्रो दर्जाको समाचार संस्थाका रुपमा व्यवहार गरिनु हुन्न’, द कन्भर्सेसनकी सम्पादक मिशा केचेलले आफ्ना पाठकहरुलाई पठाएको ईमेलमा जनाएकी छिन्।
उता फेसबुकका प्रवक्ताले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।
फेसबुकले गत सेप्टेम्बरमा सामग्रीहरुको सम्झाैता फेसबुकले प्रकाशकहरुलाई सहयोग गर्ने थुप्रै तरिकाहरुमध्ये एक भएको बताएको थियो।
प्रकाशित: ८ कार्तिक २०७८, सोमबार