नाइजेरियाले आफ्नै डिजिटल मुद्रा ‘ईनाएरा’ ल्याउँदै

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
नाइजेरियाले आफ्नै डिजिटल मुद्रा ‘ईनाएरा’ ल्याउँदै

काठमाडौं ।

नाइजेरियाले सोमबार आफ्नो डिजिटल मुद्रा ‘ईनाएरा’ (eNaira) ल्याउने केन्द्रीय बैंकले बताएको छ। बैंक र वित्तीय संस्थाहरुलाई क्रिप्टोकरेन्सीमा कारोबार वा सुविधाको लागी रोक लगाएको महिनौंपछि आफ्नै नयाँ डिजिटल मुद्रा ल्याउने भएको हो।

सेन्ट्रल बैंक अफ नाइजेरियाका गभर्नर गोडविन एमेफिलेबताएअनुसार ईनाएराले एक वालेटको रूपमा काम गर्नेछ जसमा ग्राहकहरूले आफ्नो बैंक खातामा अवस्थित रकम राख्न सक्छन्।

“त्यसैले ईनाएरा पैसाको विकासमा एक प्रमुख कदमको रुपमा अगाडि बढेको छ र सीबीएन भौतिक रकम जस्तै ईनैरा सबैको पहुँचमा छ भनी सुनिश्चित गर्न प्रतिबद्ध छ,” बैंकले एक विज्ञप्तिमा भन्यो।

नाइजेरियाले बारबाडोसमा आधारित बिट इंकलाई ईनाएराको विकासमा प्राविधिक साझेदारको रूपमा उल्लेख गरेको छ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...