एपिक गेम्सद्वारा एन्टिट्रस्ट ट्रायल अर्डरहरू रोक्न माग गर्ने एप्पलको प्रयासको विरोध

  • Technology Khabar | ६ कार्तिक २०७८, शनिबार
एपिक गेम्सद्वारा एन्टिट्रस्ट ट्रायल अर्डरहरू रोक्न माग गर्ने एप्पलको प्रयासको विरोध

काठमाडौं ।

फोर्टनाइट गेमका सिर्जनाकर्ता कम्पनी एपिक गेम्सले शुक्रबार एक सम्भावित लामो अपील प्रक्रियाको रूपमा एन्टिट्रस्ट ट्रायलमा दिएका आदेशहरू एप्पल इंकले रोक्न गरेको प्रयासहरूको विरोध गरेको छ।

अमेरिकी जिल्ला न्यायाधीश यूनी गोन्जालेज रोजर्सले सेप्टेम्बरमा आईफोन निर्माताको एप स्टोर नियमहरुमा केहि खारेज गरेका थिए । जसमा एपिक र अन्य एप निर्माताहरुको लागी एक आंशिक जित भएको थियो र एप्पलको इन-एप भुक्तान प्रणाली बाहेक डेवलपर्सले अन्य भुक्तानी विकल्पहरुलाई आफ्नो प्रयोगकर्ताहरुका लागि निर्देशित गर्न आदेश दिएका थिए ।

एप्पलले आदेशको पालना गर्न डिसेम्बर ९ तारिखसम्म समय छ, तर यस महिनाको सुरुमा कम्पनीले यो फैसलाको बिरुद्ध अपील गर्ने बताएको थियो । जसमा अपील प्रक्रिया एक बर्ष भन्दा बढी लाग्न सक्ने भन्दै गोन्जालेज रोजर्सलाई उनको आदेश रोक्का राख्न अनुरोध गरेको थियो।

एपिकले शुक्रबार अदालतमा दावी गरेको छ कि एप्पलले त्यो रोकको लागि कानुनी मापदण्ड पूरा गरेको छैन् ।

आदेश आएसँगै एप्पलको आदेशको बारेमा सकारात्मक टिप्पणीहरु, र आदेशमा रोक लगाउन माग गर्ने कार्यले यो आदेश लागू गरेर कुनै हानी हुने छैन भन्ने देखाएको एपिकले बताएको छ ।

अर्को सुनुवाई नोभेम्बर ९ मा हुनेछ। एजेन्सीहरुका साथ

प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार