आउँदा वर्षमा नाफाको मात्रा घट्ने प्रक्षेपणपछि इन्टेलको शेयर मूल्यमा गिरावट

  • Technology Khabar | ६ कार्तिक २०७८, शनिबार
आउँदा वर्षमा नाफाको मात्रा घट्ने प्रक्षेपणपछि इन्टेलको शेयर मूल्यमा गिरावट

काठमाडौं ।

अमेरिकी चिप निर्माता इन्टेल कर्पले बिहीबार आउँदा वर्षहरुमा कम्पनीको नाफा घट्ने प्रक्षेपण सार्वजनिक गरेको छ। यो प्रक्षेपणपछि कम्पनीको शेयरमा ९ प्रतिशतले गिरावट आएको छ।

कम्पनीले विश्वकै अग्रणी चिप निर्माताको स्थानमा पुनरागमन गर्नका लागि नयाँ फ्याक्ट्रीहरु पनि स्थापना गरेको छ।

कम्पनीले तेस्रो त्रैमासको बिक्रीको विवरण पनि पेश गरेको थियो जसमा अपेक्षाकृत फाइदा भएको थिएन।

कम्पनीका सीईओ प्याट गेल्सिंगरले रोयटर्सलाई बताए अनुसार कम्प्युटर बनाउने अन्य चिपको अभावका कारण कम्पनीको फ्ल्यागशिप प्रोसेसर चिपको बिक्रीमा असर परिरहेको बताएका छन्।

लगानीकर्ताहरुसँगको एक कन्फ्रेन्स कलका क्रममा क्यालिफोर्नियामा रहेको इन्टेलका सान्ता क्लाराले आगामी दुई/तीन वर्षमा कम्पनीको कुल नाफाको मार्जिन ५१ देखि ५३ प्रतिशत रहने बताए।

यो आँकडा विश्लेषकहरुले सन् २०२१ का लागि गरेको ५६.२ प्रतिशतको प्रक्षेपणभन्दा कम रहेको रिफिनिटिभको आईबीईएस तथ्याङ्कले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...