
काठमाडौं ।
ट्विटरले हालै भारतमा एउटा नयाँ फिचर सार्वजनिक गरेको छ।
लाइभ स्कोरकार्ड नामक उक्त फिचरले क्रिकेट पारखीहरुलाई प्रत्येक मिनट टी-२० विश्वकप लगायतका क्रिकेट म्याचहरुको अपडेट दिने बताइएको छ।
भारतमा क्रिकेटको फ्यान फलोइङ निकै ठूलो भएकोले पारखीहरुले क्रिकेट म्याच लाइभस्ट्रिम हुँदजस्तै भावनाका साथ दोहोर्याइ तेहेर्याइ हेर्ने गरेको पाइन्छ।
सन् २०२० जुलाइ १ देखि २०२१ जुलाइ १ तारिखसम्मको १ वर्षको अवधिमा ट्विटरमा क्रिकेटमा साढे ७ करोड संवाद भएको तथ्यले पनि यसलाई पुष्टि गर्छ।
अहिले ट्विटरले यसै कुरालाई मध्यनजर गर्दै भारतमा स्कोरकार्ड अपडेट फिचर ल्याएको आकलन गर्न सकिन्छ।
ट्विटरले यो ट्विटर लाइभ क्रिकेट स्कोरकार्ड फिचर फिचरको भारतमा परीक्षण नै शुरु गरिसकेको छ।
Hey #CricketTwitter, we heard you.
Introducing live cricket scorecards, so you don’t miss out on the action.
To see live cricket scores, just tap the Sports tab on the Explore page ???? pic.twitter.com/R66EsKhmcB
— X India (@XCorpIndia) October 21, 2021
ट्विटर इन्डियाले व्याख्या गरे अनुसार यो नयाँ फिचरले भारतका क्रिकेट फ्यानहरुलाई चलिरहेका म्याचका ताजा स्कोरकार्ड अपडेट लिन सहयोग पुग्नेछ।
म्याचका बीचमा स्कोरकार्ड एक्सप्लोर ट्याब तथा लाइभ इभेन्ट पेजमा देखा पर्छ। यसमार्फत् फ्यानहरुले चलिरहेको म्याचको स्कोर ट्विट स्क्रोल गर्दै गर्दा रियलटाइममा फलो गर्न सक्ने कम्पनीले बताएको छ।
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार