विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन जियोफोन नेक्स्टको विवरण लीक, तिहारअघि सार्वजनिक हुन सक्ने

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन जियोफोन नेक्स्टको विवरण लीक, तिहारअघि सार्वजनिक हुन सक्ने

काठमाडौं ।

विश्वकै सबैभन्दा सस्तो एन्ड्रोइड स्मार्टफोन जियोफोन नेक्स्टका विवरणहरु बाहिरिएका छन्। टिप्सटर अभिषेक यादवका अनुसार यो फोनमा क्वालकम स्न्यापड्रागन २१४ क्यूएम प्रोसेसर तथा २ जीबी र्याम उपलब्ध हुनेछ।

यो डिभाइस हालै गुगल प्ले कन्सोलको सूचीमा देखिएको छ।

यो फोनको घोषणा कम्पनीले एजीएम २०२१ का क्रममा गरेको थियो। जियोफोन नेक्स्ट तिहारभन्दा अगाडि नै सार्वजनिक हुनसक्ने आकलन गरिएको छ।

हालै टिप्स्टरका माध्यमबाट बाहिरिएका स्पेसिफिकेशन अनुसार यसमा ७२०x१४४० पिक्सेलयुक्त एचडी+ डिस्प्ले उपलब्ध हुनेछ।

एनड्रोइड ११ गो एडिशनमा आधारित भएर काम गर्ने यो स्मार्टफोनमा एड्रिनो ३०६ जीपीयू दिइएको छ।

यसबाहेक यसको डिस्प्ले साइज ५.५ इन्चको हुने साथै र यसले फोरजी भोल्टे डुअल सिम सपोर्ट गर्नेछ।

२ र ३ जीबी र्यामका साथमा १६ र ३२ जीबीको ईएमएमसी ४.५ स्टोरेज रहने यो डिभाइसमा २५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ। यस्तै फोटो तथा भिडियोका लागि पछाडि १३ तथा अगाडि ८ मेगापिक्सेलको क्यामरा उपलब्ध हुनेछ।

डाटा इन्जीनि तथा प्रडक्ट रिभ्यू गर्ने टिप्सटर योगेशले जियोफोन नेक्स्टको मूल्य  ३,४९९ भारु रहने बताएका छन्। योगेश प्राय: फोन तथा ग्याजेटसँग सम्बन्धित स्पेसिफिकेशन तथा मूल्यहरु लीक गर्ने गर्दछन्।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार