नेपाल टेलिकमको ल्याण्डलाइनको पुरानो बक्यौता महशुल भुक्तानीमा जरिवाना छुट

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
नेपाल टेलिकमको ल्याण्डलाइनको पुरानो बक्यौता महशुल भुक्तानीमा जरिवाना छुट

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ल्याण्डलाइन (पिएसटिएन) टेलिफोन सेवाको २०७६ आषाढ मसान्तसम्मको टेलिफोन महसुल बक्यौता तिरेमा जरिवाना छुट दिने भएको छ।

कम्पनीले हालै सार्वजिनक सूचना प्रकाशित गरेर ल्याण्डलाइन टेलिफोन सेवाको बाँकी बक्यौता रकम तिर्न ग्राहकहरुलाई आग्रह गरेको हो।

“ल्याण्डलाइन (पिएसटिएन) टेलिफोन सेवाको २०७६ आषाढ मसान्तसम्मको टेलिफोन महसुल बक्यौता २०७८ पौष मसान्तभित्र भुक्तानी गरेमा सो महसुलमा लाग्ने जरिवाना छुट गरिएको हुँदा उक्त अवसरलाई सदुपयोग गरी पुरानो महसुल बक्यौता आफूलाई पायक पर्ने दूरसञ्चार कार्यालयबाट भुक्तानी गर्नुहुन समेत सम्बन्धित सबै ग्राहक महानुभावहरूलाई हार्दिक अनुरोध छ,” सूचनामा भनिएको छ।

यसका साथै कम्पनीका विभिन्न सेवाहरू पिएसटिएन, जिएमएस मोबाइल, सिडिएमए मोबाइल, एडिएसएल, एफटिटिएच, लीजलाइन प्रयोग गरे बापत कम्पनीलाई तिनुपर्ने राजस्व महसुल बक्यौता बुझाई सहयोग गरिदिन समेत कम्पनीले  सम्बन्धित सबै ग्राहक महानुभावहरूलाई अनुरोध गरेको छ।

पुरानो बक्यौता नबुझाउने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गरिने चेतावनी दिँदै समयमा नै महसुल भुक्तानी गर्न जानकारी गराएको हो।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार