काभ्रेपलाञ्चोक जिल्लामा अनुमति बिना सीसी क्यामरा जडान

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
काभ्रेपलाञ्चोक जिल्लामा अनुमति बिना सीसी क्यामरा जडान

काठमाडौं ।

काभ्रेपलाञ्चोक जिल्लामा अनुमतिबिना सीसी क्यामरा जडान गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर सीसी टीभी क्यामरा राख्नुपर्ने कानूनी व्यवस्था भएपनि काभ्रेमा भने कसैले पनि अनुमति लिएर नराखेको पाइएको हो ।

जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाका अधिकांश होटल, किराना पसल, मासु पसल, हाडवेयर पसल, डिपार्टमेन्ट‚ स्टोर, संघ-संस्थाको कार्यालयमा अनुमतिबिनै सीसी टीभी क्यामरा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र सीसी टीभी क्यामरा राख्न पाइने कानूनी व्यवस्था रहेको बताए ।

‘भर्खरै चाडपर्व लक्षित बजार अनुगमनका क्रममा कसैले पनि सीसीटिभी क्यामरा अनुमति लिएर राखेको पाइएन’, उनले भने, ‘हामीले अनुमतिका लागि आउन भनेका छौं ।’ अनुमति लिन नआएमा कारबाही अगाडि बढाउने सुनुवारले जानकारी दिए ।

जिल्लाका सरकारी कार्यालय, स्थानीय तह, बैंकलगायतले सीसी क्यामरा राख्न पाइने कानूनी व्यवस्था भएपनि त्यसभन्दा बाहेकले अनुमति लिएर मात्र सीसी क्यामरा राख्न पाइने उल्लेख छ ।

पनौती नगरपालिकाको बसपार्कमा मासु पसल सञ्चालन गर्दै आएकी रजनी शाहीले अनुमतिबिना सीसी क्यामरा जडान गरेको बताईन । गोरखापत्र

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Decoding Nepal’s 100-point Governance Reform Plan: A Digital Rights review

  • Technology Khabar
  • ५ कार्तिक २०७८, शुक्रबार