रेडमीको स्मार्ट टीभी एक्स 2022 मोडलका ५५ र ६५ इन्च भेरियन्ट सार्वजनिक

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
रेडमीको स्मार्ट टीभी एक्स 2022 मोडलका ५५ र ६५ इन्च भेरियन्ट सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले रेड्मी स्मार्ट टीभी एक्स २०२२ का ५५ र ६५ इन्च भेरियन्ट सार्वजनिक गरेको छ।

यी दुवै डिभाइसमा कम्पनीले १२० हर्जको डिस्प्ले उपलब्ध गराएको छ भने यसका फिचरहरु विशेषगरी खेलकुदका सामग्री हेर्नका लागि प्रयोग गरिएका छन्।

यी टीभीमा चीनमा एक्सबक्सको टोलीमार्फत् आधिकारिक इजाजत पनि पाइनेछ।

यी दुवैमा विविध रिफ्रेश रेटलाई सपोर्ट गर्नका निम्ति एचडीएमआई २.१ पोर्ट दिइएको छ भने यिनीहरुले अटो लो लेटेन्सीट मोड पनि उपलब्ध छ।

यसमार्फत् कम्प्युटर वा गेमिङ कन्सोलमा जोडेको ४ सेकेन्डमै टीभी गेमिङ मोडमा परिवर्तन हुन्छ। भिडियो वा लाइभ टीभी हेरिरहँदा यसको फुटेजलाई १२० फ्रेम प्रतिसेकेन्ड सम्म बनाउन सकिन्छ।

यसको फोरके स्क्रीनले एचडीआर र डल्बी भिजन सपोर्ट गर्छ भने यिनीहरुमा कर्टेक्स ए७३ चिप र एमआईयूआई ३.० प्रयोग गरिएको छ। साथमा ३ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

यी टीभीहरु आगामी अक्टोबर ३१ देखि बिक्री हुने र चीनमा शाओमीका आधिकारिक स्टोरका साथै जेडी डट कममा पनि उपलब्ध हुनेछन्। १०० युआनमा यसको प्रि बुकिङ गर्न सकिने जनाइएको छ।

यीमध्ये ५५ इन्च मोडलको मूल्य ४२० डलर तथा ६५ इन्चको ५५० डलर तोकिएको छ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis astronauts pass half-way point on way to Moon

  • Technology Khabar
  • ५ कार्तिक २०७८, शुक्रबार