सुरक्षण मुद्रण छापाखानामा मेसिन जडान

  • Technology Khabar | ४ कार्तिक २०७८, बिहीबार
सुरक्षण मुद्रण छापाखानामा मेसिन जडान
फाइल

काठमाडौं ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका–५, धनेश्वरनजिक निर्माण भइरहेको सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस) मा छपाइका लागि आवश्यक उपकरण (मेसिन) जडान भएको छ।

सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्थापन गर्दै आएको छ।

हालै मात्रै अन्तःशुल्क स्टिकर छाप्ने दुई थान हाई सेक्युर डिजिटल प्रिन्टिङ मेसिन (उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन) र एक थान डाइ कटिङ मेसिन खरिद गरी जडान गर्ने काम सम्पन्न भएको सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिबल्लभ घिमिरेले जानकारी दिए। गोरखापत्र

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU moves closer to kicking kids off social media

  • Technology Khabar
  • ४ कार्तिक २०७८, बिहीबार