आईफोन १३ सिरिजको नेपाली बजारमा प्रिबुकिङ खुला, यस्तो छ बजार मूल्य

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
आईफोन १३ सिरिजको नेपाली बजारमा प्रिबुकिङ खुला, यस्तो छ बजार मूल्य
आईफोन १३ सिरिज

काठमाडौं ।

एप्पलले आईफोन १३ लन्च गरेको १ महिनापछि नेपाली बजारमा आईफोन १३ सिरिजको प्रि बुकिङ शुरु भएको छ।

नेपालमा आईफोनको लागि आधिकारीक आयातकर्ता तथा बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आइफोन १३ सिरिजका विभिन्न मोडलहरुको प्रि बुकिङ खुला भएको जनाएको छ।

कम्पनीले आफ्नो वेबसाइटमार्फत नेपाली बजारमा आईफोन १३ सिरिजको प्रि बुकिङ खोलेको छ।

वेबसाइटकाअनुसार आईफोन १३, आईफोन १३ प्रो, १३ प्रो म्याक्स र आईफोन १३ मिनीको प्रिअर्डर गर्ने ग्राहकहरुलाई कात्तिक १२ गतेदेखि उपलब्ध गराउनेछ।

जसअनुसार आईफोन १३ प्रो म्याक्स २५६ जीबीको दुई लाख पाँच हजार ९९० रुपैयाँ, १२८ जीबीको आईफोन १३ को एक लाख ३७ हजार ९९० रुपैयाँ, प्रो म्याक्स १२८ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ, १३ प्रो १२८ जीबीको एक लाख ७४ हजार ९९० रुपैयाँ र आईफोन १३ प्रो २५६ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ। आईफोन १३ प्रो ५१२ जीबीको मूल्य दुई लाख ५५ हजार ९९० रुपैयाँ छ भने १ टीबी स्टोरेजको मूल्य दुई लाख २४ हजार ९९० रुपैयाँ छ।

त्यसैगरी, आईफोन १३ मिनी १२८ जीबीको एक लाख २० हजार ९९० रुपैयाँ, आईफोन १३ २५६ जीबीको एक लाख ५४ हजार ९९० रुपैयाँ, आईफोन १३  ५१२ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ र १३ मिनी २५६ जीबीको एक लाख ३७ हजार ९९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

आईफोन १३ प्रो म्याक्स ५१२ को मूल्य दुई लाख ३९ हजार ९९० रुपैयाँ छ भने १ टीबी स्टोरेजको मूल्य दुई लाख ७४ हजार ९९० रुपैयाँ तोकिएको छ।*

यी सबै आईफोन १३ सिरिजमा आईएमई पेमार्फत भुक्तानी गर्नेलाई थप ३० हजार रुपैयाँ बराबरको अन्य अफरहरु दिने बताईएको छ।

नयाँ आईफोनहरु यस बाहेक अन्य स्टोरहरुमा समेत प्रि अर्डरका लागि खुला भएको बताईएको छ।

यसअघि जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल दूरसञ्चार प्राधिकरणले टाइप अप्रुभलमा ढिलाई गरिदिँदा आईफोन आयातमा ढिलाई भएको बताएका थिए। टाइप अप्रुभल पाएसँगै आईफोन १३ सिरिज ग्राहकहरुलाई उपलब्ध गराउन सकिएको बताए।

“हामीले आईफोनको बजार मूल्य अहिले अवैधरुपमा आयात भईरहेका आईफोन भन्दा निकै सस्तो राखेका छौं र यसले ग्रे आईफोन आयातलाई निरुत्साहित बनाउने छ,” जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक भिमसरियाले भने।

ग्राहकहरुले आधिकारीकरुपमा आयात भएको आईफोन किन्दा ठगिनबाट बच्ने र वारेन्टी समेत पाईने उनले बताए ।

*अपडेट गरिएको ।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ३ कार्तिक २०७८, बुधबार