चीनमा डिजिटल अर्थतन्त्रको विकासलाई अगाडि बढाउन राष्ट्रपति सी जिनपिङ्गको आह्वान

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
चीनमा डिजिटल अर्थतन्त्रको विकासलाई अगाडि बढाउन राष्ट्रपति सी जिनपिङ्गको आह्वान

काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले डिजिटल अर्थव्यवस्था विकासको प्रवृत्ति र कानूनलाई बुझ्न र देशमा डिजिटल अर्थतन्त्रको बृहत विकासलाई अगाडि बढाउन आह्वान गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव समेत रहेका राष्ट्रपति जिनपिङ्गले केन्द्रीय समितिको राजनीतिक ब्यूरोको अध्ययन सत्रको अध्यक्षता गर्दै सोमबार यस्तो टिप्पणी गरेका शिन्ह्वाले उल्लेख गरेको छ।

चीनले इन्टरनेट प्लेटफर्म कम्पनीहरु र पूँजीको अव्यवस्थित विस्तारद्वारा एकाधिकार व्यवहारको रोकथाम गर्ने उनले बताएका छन् ।

चीनले निष्पक्ष प्रतिस्पर्धामा बाधा पुर्‍याउने अभ्यासलाई पनि सच्याउने चिनियाँ राष्ट्रपति सीले भनेका छन् ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २ कार्तिक २०७८, मंगलवार