
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले गुगल मोबाइल सर्भिस आफ्नो पहिलो स्मार्टफोन मोडल अनर ५० सार्वजनिक गरेको छ।
गुगल मोबाइल सर्भिस भएकाले यो स्मार्टफोन चीनबाहिर अन्तरराष्ट्रिय बजारमा पनि उपलब्ध हुने बुझिएको छ।
यसै क्रममा आगामी अक्टोबर २७ मा यो डिभाइस यूरोपेली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसलाई हालै मलेसियामा मात्र सार्वजनिक गरिएको छ।
दुई ओटा मेमोरी तथा ४ अलग रंगको अप्शनमा उपलब्ध हुने यो स्मार्टफोन प्रि अर्डरका लागि भने उपलब्ध गराइएको छ।
अनर ५० ले चीनमा अनर ब्रान्डलाई पुनर्स्थापित गर्न निकै सहयोग पुर्याएको छ। यसमा स्न्यापड्रागन ७७८जी चिपसेट तथा १२० हर्ज रिफ्रेश रेटसहितको ६.५७ इन्चको ओएलईडी डिस्प्ले रहेको छ।
पछाडि १०८ मेगापिक्सेल क्यामरा रहेको यो सेटमा ६६ वाट फास्ट चार्जिङसहितको ४३०० एमएएएच क्षमताको ब्याट्री उपलब्ध छ।
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार