एप्पलले आईडीमा पैसा राख्ने आफ्ना भारतीय प्रयोगकर्ताहरुलाई २०% बोनस दिँदै

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
एप्पलले आईडीमा पैसा राख्ने आफ्ना भारतीय प्रयोगकर्ताहरुलाई २०% बोनस दिँदै

काठमाडौं ।

एप्पलले भारतका आफ्ना प्रयोगकर्ताहरुलाई ठूलो उपहार दिएको छ।कम्पनीले एप्पल आईडी ब्यालेन्सको उपयोग गरेर भुक्तानीलाई प्रोत्साहित गर्नको लागी भारतीय प्रयोगकर्ताहरुलाई आफ्नो एप्पल आईडी कोषमा जोडाउन २० प्रतिशत बोनस प्रदान गरीरहेको छ।

९ टू ५ म्याक को रिपोर्टमा एक ट्विटर मा एक डेभलपरलाई उद्धृत गर्दै सो जानकारी दिएको हो । भारतीय एप्पल आईडी खातामा रकम जोडेको खण्डमा प्रयोगकर्ताहरुलाई बीस प्रतिशत बोनस दिइरहेको छ।

एप्पलका अनुसार यो अफर ३१ अक्टोबरसम्म मान्य हुनेछ। एप्पल आईडी ब्यालेन्समा भारु .१०० देखि भारु .१५,००० मा थप गरेमा यो अफर उपलब्ध छ।

ग्राहकहरुले १५ हजार भारु अधिकतम रकम जोडेपछि बोनस पाउने बताईएको छ । तर यदि ग्राहकहरुले एप्पल आईडीमा त्यो भन्दा बढी राखेमा बोनस १५ हजार भन्दा माथिको रकममा उपलब्ध हुने छैन।

रिपोर्टमा भारतीय रिजर्व बैंकको नयाँ निर्देशनको बारेमा पनि बताएको छ। यो निर्देशन अनुसार, बैंकहरुलाई क्रेडिट वा डेबिट कार्ड को माध्यमबाट रिकरिङ्ग कारोबारको लागी नयाँ प्रमाणीकरण प्रणालीबाट प्रयोगकर्ताको अनुमोदन प्राप्त गर्नुपर्नेछ।

नयाँ निर्देशले स्वत: नवीकरणीय सदस्यतालाई एपहरुलाई प्रभावित गर्ने एप्पलले बताएको छ। त्यसैले कम्पनीले डेभलपरहरुलाई एप्पल आईडी ब्यालेन्सको उपयोग गरेर भुक्तानीलाई प्रबर्द्धन गर्न आग्रह गरेको छ।

२० प्रतिशत बोनस प्रस्ताव पक्कै भारतीय प्रयोगकर्ताहरुलाई एप्पलको इन-एप खरिद प्रणालीको समस्याबाट बच्नको लागी आफ्नो भुक्तानी विधि परिवर्तन गर्न प्रोत्साहित गर्ने एक राम्रो तरीका भएको रिपोर्टमा भनिएको छ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार