
काठमाडौं ।
रियलमीले आफ्नो अपरेटिङ्ग सिस्टमको नयाँ यूजर इन्टरफेस (यूआई) पनि ल्याएको छ। यो यूआईको नाम रियलमी यूआई ३.० हो। यो गुगलको एन्ड्रोइड १२ मा आधारित भएको बताईएको छ।
यसको आगमनसँगै रियलमी प्रयोगकर्ताहरुको फोन चलाउने अनुभव अझ राम्रो हुने दावी गरिएको छ। नयाँ यूजर इन्टरफेस गत बर्ष लन्च भएको रियलमी यूआई २.० को अपग्रेड भर्सन हो ।
रियलमीले आफ्नो यूआईको साथसाथै आफ्नो स्मार्टफोन रियलमी जीटी नियो २ को ग्लोबल प्रक्षेपण पनि जारी गरेको छ।
यो नयाँ यूआई सबै रियलमी स्मार्टफोनहरुमा अपडेट हुनेछैन। जून स्मार्टफोनलाई अपडेट प्राप्त हुनेछ यसको सूची तल दिइएको छ। ती स्मार्टफोनहरुले डिसेम्बर सम्म अपडेट प्राप्त हुने अनुमान गरिएको छ।
यी फोनहरुले पाउनेछन् अपडेट
रियलमी एक्स ७ म्याक्स, रियलमी जीटी मास्टर एडिसन, रियलमी ८ प्रो र नयाँ रियलमी जीटी नियो २लाई सबैभन्दा पहिले यो अपडेट उपलब्ध गराईनेछ।
त्यसपछि सन् २०२२ को पहिलो त्रैमासमा नयाँ यूआईलाई रियलमी एक्स५० प्रो, रियलमी ७ प्रो, रियलमी एक्स ७ प्रो, रियलमी ८, रियलमी नार्जो ३०, रियलमी सि २५, रियलमी सि २५एस, रियलमी नार्जो ५०ए र रियलमी ८आईका लागि जारी गरिनेछ।
फेरी सन् २०२२ को दोस्रो त्रैमास (अप्रिल, मे, जून) मा नया यूआई रियलमी एक्स ७, रियलमी एक्स ३, रियलमी एक्स ३ सूपर जूम, रियलमी ८ फाइभजी, रियलमी ८एस, रियलमी ७ फाइभजी, रियलमी नार्जो ३० प्रो फाइभजी र रियलमी नार्जो ३० फाइभजी लाई अपडेट मिल्नेछ।
माथिल्लो सूचीको वास्तविकता
यो सम्पूर्ण समयरेखा प्रारम्भिक पहुँच (Early Access) अनुसार रहेको छ। वास्तवमा रियलमीले यसको बीटा कार्यक्रमहरुलाई ‘अर्ली एक्सेस’ भन्ने गर्दछ। यसको मतलब यो हो कि केवल बीटा प्रयोगकर्ताहरुलाई मात्र दिईएको समयमा यी अपडेट प्राप्त हुनेछन्। यो अपडेट सबैलाई पुग्नको लागी दिईएको टाइमलाइन भन्दा लामो समय लाग्ने बताईएको छ।
रियलमीले आफ्नो प्रीमियम उपकरणहरु को लागी तीन अपडेट प्रदान गर्दैन। यसै कारणले रियलमी एक्स२ प्रो यस सूचीबाट हराइरहेको छ, जो कम्पनीको पहिलो प्रमुख स्मार्टफोन थियो।
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार