शाओमीले २०२४ को पहिलो अर्ध वार्षिकमा आफ्नै ईलेक्ट्रिक कार उत्पादन गर्ने

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
शाओमीले २०२४ को पहिलो अर्ध वार्षिकमा आफ्नै ईलेक्ट्रिक कार उत्पादन गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पले सन् २०२४ को पहिलो अर्ध वार्षिकमाआफ्नै ईलेक्ट्रिक कारको उत्पादन गर्ने योजना लिएको छ ।

कम्पनीका प्रवक्ताले शाओमीका सह संस्थापक लेइ जुनलाई उदृत गर्दै चिनियाँ सामाजिक सञ्जाल वेबोमा मंगलबार कार उत्पादन बृहतरुपमा जाने जानकारी दिएका हुन् ।

यो मिति कम्पनीको नयाँ इलेक्ट्रिक भेहिकल डिभिजनको लागी अर्को प्रमुख लक्ष्य हो, जुन शाओमीले औपचारिक रुपमा यस बर्षको शुरुमा घोषणा गरेको थियो।

गत मार्चमा ईलेक्ट्रिक कार निर्माण परियोजना १ दशकभित्र लागू हुने र प्रारम्भिक चरणमा कम्पनीले १० अर्ब युआन अर्थात् डेढ अर्ब डलर ‍लगानी गर्ने जानकारी दिएको थियो।

अर्बपति तथा शाओमीका सह संस्थापक लेइ जुनले स्मार्टफोनभन्दा फरक विद्युतीय गाडीको स्टार्टअप आफ्नै अगुवाइमा सुरु गर्ने घोषणा गरेका थिए।

कम्पनीले बढीमा तीन वर्षभित्र १०० अर्ब युरो विद्युतीय कार उत्पदनको क्षेत्रमा लगानी गर्ने अपेक्षा गरिएको छ।

उनले त्यस बेला एक कार्यक्रममा कार उत्पादन कम्पनीको जोखिमका बारेमा राम्रो जानकारी भएको र यो परियोजनामा दशौं अर्ब लगानी ‍गर्नुपर्ने तथा लगानी फिर्ता आउन तीनदेखि पाँच वर्ष लाग्छ भन्ने कुरा पनि राम्ररी थाहा भएको बताएका थिए।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • २ कार्तिक २०७८, मंगलवार