अमेजनले बेलायतमा कर्मचारी आकर्षित गर्न ३,००० पाउण्डसम्म बोनस दिने

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
अमेजनले बेलायतमा कर्मचारी आकर्षित गर्न ३,००० पाउण्डसम्म बोनस दिने

काठमाडौं ।

अनलाइन रिटेल जायन्ट अमेजनले श्रमको उच्च माग भएको बेलायतका क्षेत्रहरुमा कर्मचारीहरुलाई आकर्षित गर्न ३,००० पाउण्ड सम्मको एक पटकको भुक्तानी बोनसको रुपमा प्रदान गर्ने भएको छ।

अनलाइन खुद्रा विक्रेताले चाडपर्वको समयमा आफ्नो बेलायती नेटवर्कभर २०,००० पदहरुको लागी नयाँ भर्ती गरीरहेको छ।

यसले कामदार अभावको डरमा अन्य फर्महरुलाई क्रिसमसको समयभन्दा पहिले नै समस्याहरु समाधान गर्न चेतावनी दिन प्रेरित गरेको छ।

अमेजनले अगस्टमा केहि क्षेत्रहरुमा स्थायी कर्मचारी भर्नाको लागी एक १,००० पाउण्ड साइन-अन बोनस प्रदान गर्न शुरू गरेको थियो।

गार्जियनमा रिपोर्ट गरिए अनुसार, कम्पनीको कामदार भर्ना अभियानमा आफ्नो एक्सेटर गोदाम जस्ता साइटहरुमा पूर्ण समय कामदारहरुको लागी ३,००० पाउण्ड बोनस शामिल छ । जबकि पिटरबोरोमा, नयाँ अस्थायी र स्थायी कामदारहरुलाई १,५०० पाउण्डको एक साइन अप बोनस प्रस्ताव गरीएको छ।

अस्थायी भूमिकाहरुको लागी न्यूनतम १० पाउण्ड प्रति घण्टाको दरले भुक्तानी हुनेछ र यो बढ्दै बेलायतको केहि भागहरुमा ११.१० सम्म हुनेछ।

पछिल्ला केहि महिनाहरुमा, बेलायतका केहि क्षेत्रहरुको एक दायरामा कामदारहरुको अभावले गर्दा वितरणमा ढिलाइ र खेर जाने भएको छ।

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार, जुलाई र सेप्टेम्बरको बीच जागिर रिक्तहरुको संख्या ११ लाख पुगेको थियो । रिक्त पदहरुमा सबैभन्दा धेरै वृद्धि खुद्रा क्षेत्र र मोटर मेकानिक्सको लागी भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...