
काठमाडौं ।
विद्युतिय भुक्तानी प्रयोगमा भएको बृद्धिसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचल) ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा कारोबारमा वृद्धि भएको छ।
घटस्थापनादेखि एकादशी अर्थात असोज २१ गतेदेखि असोज ३० गतेसम्मको अवधिमा सो प्रणालीमार्फत ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
सो कारोबार रकम गत वर्षको दशैंको सोही अवधिको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ।
चाडपर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्टआइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरेको हुँदा सो कारोबार रकम बढेको अनुमान गरिएको छ।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार