
काठमाडौं ।
शाओमीले आफ्नो ११टी स्मार्टफोनलाई चीनमा रेडमी के४०एस को नामबाट १२० वाट फास्ट चार्जिङ सपोर्टसहित सार्वजनिक गर्ने भएको छ।
चर्चित वेबो टिप्स्टर डिजिटल च्याट स्टेशनले हालै बाहिर ल्याएको जानकारी अनुसार शाओमीले ११टी स्मार्टफोनलाई चीनमा रेडमी के४०एसका रुपमा उतार्ने भएको हो।
चीनमा आउने भर्सनमा भने एउटा नयाँ अपडेटका रुपमा १२० वाटको फास्ट चार्जिङ सपोर्ट रहने थ्रीसी सर्टिफिकेशनमार्फत् पुष्टि भएको छ।
थ्रीसी सर्टिफिकेशनमा यो डिभाइसलाई के१६ भन्ने कोडनेम दिइएको छ भने यसले ३३, ६७ र १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने उल्लेख छ।
यसमा पनि ११टीमा भएको डाइमेन्सिटी १२०० चिपसेट नै रहने तथा यसको डिस्प्ले ६.६७ इन्चको १२० हर्ज रिफ्रेश रेटयुक्त ओएलईडी प्यानल रहनेछ। यसबाहेक यसमा हर्मन कार्डन स्टेरियो स्पीकर पनि दिइनेछ।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार