गुगल फोटोजमा गल्तीले डिलिट भए तपाइँका फोटोहरु ! यो ट्रिकबाट सजिलै फिर्ता पाउनुहोस्

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
गुगल फोटोजमा गल्तीले डिलिट भए तपाइँका फोटोहरु ! यो ट्रिकबाट सजिलै फिर्ता पाउनुहोस्

काठमाडौं ।

धेरै पटक जानबूझेर वा अनजानमा धेरै महत्त्वपूर्ण फोटोहरु स्मार्टफोनबाट मेटाईन्छ। तर ती फोटोहरु पछि फेरी आवश्यक परेको बेलामा भने समस्या हुन जान्छ।

टेक जायन्टले आफ्ना प्रयोगकर्ताहरुलाई गुगल फोटोजमा एउटा सुविधा दिन्छ, जसको मद्दतले हामी हाम्रा मेटाइएका फोटोहरु पुनः प्राप्त गर्न सक्दछौं। यसमा तपाइँ दुई महिना भित्र मेटाइएको फोटोहरुलाई पुनर्स्थापित गर्न सक्नुहुन्छ।

अब प्रश्न यो हो कि यसको लागी के गर्नु पर्छ। मेटाइएको फोटो र भिडियोको रिकभरी प्रक्रिया के हो यहाँ हामी तपाइँलाई जानकारी दिने प्रयास गर्नेछौं ।

यसरी मेटाइएको फोटो र भिडियो रिकभर गर्नुहोस्

  • गुगल फोटोजमा मेटाइएको फोटोहरुलाई रिकभर गर्नको लागी, पहिले एप खोल्नुहोस्।
  • त्यसपछि माथिल्लो बायाँ छेउमा आइकनमा जानुहोस् र ‘ट्र्याश’को विकल्प चयन गर्नुहोस्।
  • त्यसपछि, जुन पनि फोटो तपाइँ रिस्टोर (पुनर्स्थापना) गर्न चाहानुहुन्छ, त्यसमा लंङ्ग प्रेस गरेर यसलाई चयन गर्नुहोस्।
  • यति गरेपछि, तपाइँले रिस्टोर (पुनर्स्थापना) मा क्लिक गर्नुपर्छ।
  • तपाइँले यसलाई चयन गरेसँगै तपाइँको मेटाइएको फोटोहरु एपमा फिर्ता आउनेछन्।

यसरी लक गर्नुहोस् आफ्नो फोटो

  • Locked Folder लक गरिएको फोल्डरको उपयोग गर्नको लागी, प्रयोगकर्ताहरुले पहिले गुगल फोटोको लाइब्रेरीमा जानुपर्छ।
  • लाइब्रेरीमा गएपछि, अब यूटिलिटीजको विकल्पमा ट्याप गर्नुहोस्।
  • जसै तपाइँले यसलाई ट्याप गर्नुहुन्छ, तपाइँ Locked Folder (बन्द फोल्डर)को विकल्प देख्नुहुनेछ।
  • यति गरेपछि तपाइँ यस फोल्डरमा तपाइँको निजी फोटो र भिडियो लक गर्न सक्षम हुनुहुनेछ।
  • तपाइँ यसलाई एक पासकोडका साथ लक गर्न सक्नुहुन्छ, जसले गर्दा अन्य कसैले ती फोटोहरु हेर्न सक्दैनन्।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ आश्विन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ आश्विन २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ आश्विन २०७८, आईतवार

E-pension verification system launched

  • ३१ आश्विन २०७८, आईतवार