गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड भन्दा धेरै आईएमईआई नम्बर दर्ता

  • Technology Khabar | २६ आश्विन २०७८, मंगलवार
गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड भन्दा धेरै आईएमईआई नम्बर दर्ता

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड भन्दा धेरै आईएमईआई नम्बर दर्ता गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आयातकर्ताहरु तथा व्यक्तिगतरुपमा आईएमईआई नम्बर दर्ता हुने गरेको छ ।

जसअनुसार गत आवमा आयातकर्ताहरुले अनलाइनमाध्यमबाट १ करोड ९ लाख १६ हजार २५७ वटा आईएमईआई नम्बर दर्ता गरेका छन् ।

त्यसैगरी व्यक्तिगतरुपमा ३ हजार ३१८ वटा आईएमईआई नम्बर दर्ता भएका छन् ।

प्राधिकरणले पछिल्लो समयमा अनलाइनबाट आईएमईआई दर्ता गर्न सकिने व्यवस्था गरेको छ जसको लागि https://eir.nta.gov.np/individual/track अनलाइनमा गएर जानकारी राखेर दर्ता गर्न सकिन्छ ।

प्राधिकरणले नेपालमा कानूनीरुपमा आयात गरिएका मोबाइल फोनहरुमात्र संचालन हुने र अबैधरुपमा भित्रिएका वा गैर कानूनीरुपमा आएका फोनहरुलाई रोक्ने उद्देश्यले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरेको छ । सो एमडिएमएस अन्तरगत हाल दर्ता भएका आईएमईआई नम्बरहरु सिधै सो सिस्टममा दर्ता हुने गर्दछन् ।

जसमार्फत गैर कानूनी, चोरी वा हराएका फोनहरुलाई लक गर्न सकिन्छ।

यसरी दर्ता हुने आईएमईआई कुनै डिभाइसहरुमा २ देखि ३ वटा सम्म हुने गर्दछ भने अधिकांशमा एउटा आईएमईआई नम्बर हुने गर्दछ। विशेषगरी मोबाइलसहित अन्य डिभाइस आयातको अनुमति सिफारिसका लागि प्राधिकरणले आईएमईआई दर्ता गर्ने गर्दछ।

प्रकाशित: २६ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार