
काठमाडौं ।
आरटीजीएस प्रणाली दशैं बिदाको समयमा तोकिएको दिनहरुमा पनि सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले दशैं बिदाको समयमा तीन दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ।
केन्द्रिय बैंककाअनुसार असोज २६ गते मंगलबार, २८ गते बिहिवार र ३० गते शनिवार आरटीजीएस प्रणाली संचालन हुने बताएको हो ।
सरकारी विकास ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली सुचारु रहने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकद्धारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित: २५ आश्विन २०७८, सोमबार