कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान, अन्तर बैंक रकमान्तर सेवा शुल्क क्यासब्याकमा फिर्ता

  • Technology Khabar | २६ आश्विन २०७८, मंगलवार
कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान, अन्तर बैंक रकमान्तर सेवा शुल्क क्यासब्याकमा फिर्ता

काठमाडौं ।

कुमारी बैंकले दशैंको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैकिङ्ग एपमा भएको डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क क्यासब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्नेछ ।

कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।

चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि डिजिटल दक्षिणाले कम गर्ने बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकार बताउँछन् ।

कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: २६ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार