माइक्रोसफ्ट टिम्समा पर्सनल च्याट फिचर शुरु, सजिलै भिडियो कल पनि गर्न सकिने

  • Technology Khabar | २६ आश्विन २०७८, मंगलवार
माइक्रोसफ्ट टिम्समा पर्सनल च्याट फिचर शुरु, सजिलै भिडियो कल पनि गर्न सकिने

काठमाडौं ।

विन्डोज ११ ले माइक्रोसफ्ट टिम्समा पर्सनल च्याट फिचरमार्फत् व्यक्तिगत तथा कार्यालय प्रयोजनका च्याटको छुट्टा छुट्टै ट्र्याक राख्न सकिने सुविधा शुरु गरेको छ।

गत अक्टोबर ५ मा सार्वजनिक भएको विन्डोज ११ मा रहेका थुप्रै फिचरहरुमध्ये यो माइक्रोसफ् टिम्समा थपिएको पर्सनल च्याट पनि एउटा हो।

कोरोना महामारीपछि अधिकांशले घरबाटै काम गर्ने भएकाले कार्यालयसम्बद्ध तथा व्यक्तिगत च्याट एक आपसमा नजुधोस् भनेर माइक्रोसफ्टले यस्तो फिचर टिम्समा अपडेट गरेर पठाएको बुझिएको छ।

विन्डोज ११ का ग्राहकले माइक्रोसफ्ट टिम्समा च्याट गर्न सक्ने तथा यसमार्फत् सजिलै भिडियो कल पनि गर्न सक्ने बताइएको छ। यसमा गरिएको च्याट विन्डोज ११ को स्टार्टअपमा रहेको टास्कबारमा पिन हुनेछ।

विन्डोज ११ मा माइक्रोसफ्ट टिम्स दुई प्रकारको छ। यी दुई टिम्स व्यक्तिगत र कार्यालयको कामका लागि प्रयोग हुन्छन्। वर्क वा स्कुल भन्ने लेबल लगाइएको टिम्स नीलो टाइलमा रहन्छ भने यसमा सेतो अक्षरले टी लेखिएको हुन्छ। यसमार्फत् च्याट गर्न चाहेमा स्कुल वा वर्कका लागि माइक्रोसफ्ट टिम्स डाउनलोड गर्ने लिंक खुल्छ।

त्यहाँबाट नै डाउनलोड गरेर व्यक्तिगत र कार्यालय प्रयोजनका च्याटलाई अलग अलग राख्ने गरी यो फिचर चलाउन सकिन्छ।

प्रकाशित: २६ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • २६ आश्विन २०७८, मंगलवार