बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रविधि अडिट ‘वार्षिकरुपमा’ गर्नु नपर्ने, मार्ग निर्देशन पालना गरे पुग्ने

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाहरुले अब वार्षिकरुपमा आफ्नो संस्थाको सूचना प्रविधि अडिट गर्नु नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशिकामा संसोधन गरेर नयाँ प्रावधान राखेको छ ।

केन्द्रिय बैंकले यसअघिको निर्देशनमा संसोधन गरेर ‘वार्षिकरुपमा’ सूचना प्रविधि अडिट गर्ने प्राबधानलाई हटाएर जारी गरेको मार्गनिर्देशनअनुसार अडिट रिपोर्ट बुझाउनुपर्ने भनेको छ।

“सूचना प्रविधिबाट हुन सक्ने सञ्चालन जोखिमलाई न्यूनीकरण गर्ने व्यवस्थालाई बढी प्रभावकारी बनाई सोको निरीक्षण तथा सुपरिवेक्षणलाई व्यवस्थित गर्न सूचना प्रविधि सम्बन्धी मार्गदर्शन जारी गरिएको छ । सो मार्गदर्शन बमोजिम सूचना प्रणालीको लेखापरीक्षण गराउनु पर्नेछ र सोको प्रतिवेदन यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ,” निर्देशिकामा भनिएको छ।

सन् २०१९ मा जारी सो मार्ग निर्देशनमा विभिन्न प्रावधानहरु राखिएको छ ।

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • २५ आश्विन २०७८, सोमबार