इन्स्टाग्रामले किशोर किशोरीलाई ब्रेक लिन प्रोत्साहन गर्ने

  • Technology Khabar | २६ आश्विन २०७८, मंगलवार
इन्स्टाग्रामले किशोर किशोरीलाई ब्रेक लिन प्रोत्साहन गर्ने

काठमाडौं ।

फेसबुकले फ्रान्सेस होगनले गरेको खुलासाबाट भएको बदनामीको शोधभर्ना गर्नेतिर लाग्न थालेको छ।

यीमध्ये किशोर किशोरीप्रतिको सम्भाव्य हानी कम गर्ने फिचर ल्याउने तयारी पनि एक रहेको बुझिएको छ।

सीएनएन तथा रोयटर्सको रिपोर्ट अनुसार फेसबुक ग्लोबल अफेयर्सका उपाध्यक्ष निक क्लेगले इन्स्टाग्रामले ‘टेक अ ब्रेक’ नामको एउटा फिचर ल्याउने र त्यसले किशोर किशोरीलाई केही समय सामाजिक सञ्जालबाट टाढा बस्न प्रोत्साहन गर्ने बताएका छन्।

क्लेगले यो फिचर कहिले तयार हुन्छ भन्ने जानकारी नदिए पनि यो किशोर किशोरीको लत तथा अन्य अस्वस्थ व्यवहार घटाउनेतर्फ लक्षित भएको बुझिएको छ।

उनले फेसबुकले किशोर किहोरीलाई उनीहरुका स्वास्थ्या तथा व्यवहारका लागि नकारात्मक हुने खालका समाग्रीको पहुँचबाट रोक्ने पनि बताए।

यी सबै कुरा अगाडि ल्याउनुमा केही दिनअघि फेसबुककी पूर्व कर्मचारीले उसका बारेमा गरेका दोषारोपण तथा टिप्पणीलाई सम्बोधन गर्नु पनि रहेको बुझिएको छ। उनले फेसबुकले बालबालिका ता किशोर किशोरीको सुरक्षालाई भन्दा बढी नाफालाई जोड दिने गरेको लगायत आरोप लगाएकी थिइन्।

प्रकाशित: २६ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • २६ आश्विन २०७८, मंगलवार