भारतले सरकारी अन्तरिक्ष कार्यक्रममा निजी क्षेत्रलाई सहभागी गराउने

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार
भारतले सरकारी अन्तरिक्ष कार्यक्रममा निजी क्षेत्रलाई सहभागी गराउने

काठमाडौं ।

भारतले अन्तरीक्ष अनुसन्धानमा निजी क्षेत्रलाई समेत समावेश गर्नेगरी भारतीय अन्तरिक्ष संघ स्थापना गरेको छ।

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय अन्तरिक्ष संघ (ISpA) को शुभारम्भ गरेका हुन्। एक अनलाइन कार्यक्रमको माध्यमबाट एसोसिएशनको शुभारम्भ गर्दै अब अन्तरिक्ष क्षेत्र सरकारको मात्र एकाधिकार नहुने बताए।

सरकारी नीतिहरुले निजी अन्तरिक्ष क्षेत्रमा आविश्कार गर्नका लागि मद्दत गर्ने बताईएको छ। यस बाहेक भारतीय अन्तरिक्ष संस्था इसरोका सबै सुविधाहरु निजी क्षेत्रको लागी खुला रहने भारतीय प्रधानमन्त्रीले बताए।

आईएसपीए भारतको अन्तरिक्ष टेक्नोलोजीलाई बढावा दिनको लागी डिजाइन गरीएको हो। निजी उद्योग निकायहरुलाई यस संगठनमा शामिल गरीएको छ। एयरटेलको वनवेब म्यापमाइइण्डिया वालचन्दनगर इन्डस्ट्रिज टाटाको नाल्को अनन्त टेक्नोलोजी लिमिटेडलाई यस संगठनको संस्थापक सदस्यको रूपमा समावेश गरिएको छ।

यस संगठनको मुख्य उद्देश्य भारतीय अन्तरिक्षको क्षेत्रमा आत्मनिर्भर बनाउनु हुनेछ। संगठनले भारतमा बनेको टेक्नोलोजीको उपयोग गरी भारतलाई अन्तरिक्ष विज्ञानमा अग्रणी देश बनाउने लक्ष्य लिएको छ ।

वनवेबले ब्रोडब्यान्ड इन्टरनेट दिन स्याटेलाइट पठाउने

भारती एयरटेलका सुनिल भारती मित्तलले आईएसपीएअन्तर्गत केही दिनहरुमा ३६ स्याटेलाइटहरु प्रक्षेपण गरिने जानकारी दिए। कम्पनीले आफ्नो वनवेब प्लेटफर्मको उपयोग गरेर स्याटेलाइटको माध्यमबाट घर-घरसम्म ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्ने छ। आईएसपीएले इसरोको पिएसएलभी मार्क थ्री स्याटेलाइट अन्तरिक्षमा पठाउनेछ, वनवेबले यस उपग्रहको माध्यमबाट पृथ्वीमा ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने बताईएको छ। एजेन्सीहरु

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार