चिप्स सहितको विद्युतीय राहदानीमा राखिने सेक्युरिटी फिचरहरु स्वीकृत

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
चिप्स सहितको विद्युतीय राहदानीमा राखिने सेक्युरिटी फिचरहरु स्वीकृत

काठमाडौं ।

सरकारले केहि समयभित्रै जारी गर्न लागेको विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषता (सेक्युरिटी फिचर) हरु स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले आगामी ३ महिनाभित्रै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ।

अहिलेकै शुल्कमा सेवाग्राहीहरुले हालको भन्दा धेरै गुणस्तरीय चिप्स सहितको विद्युतीय राहदानी प्राप्त गर्न सक्ने राहदानी विभागले यसअघि नै जानकारी दिएको हो।

यसका साथै बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८’ पनि स्वीकृत गरेको छ।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार