बजाज एक्सचेन्ज महा मेला अफर सुरु

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
बजाज एक्सचेन्ज महा मेला अफर सुरु

काठमाडौं ।

नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “फाइदा मोर, टेन्सन नो मोर” शीर्षकका साथ “बजाज एक्सचेन्ज महा मेला” अफरको ल्याएको छ । यो अफर असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा लागु हुने छ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् ।यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थप गरि दिने बताईएको छ।

यसका अतिरिक्त, बजाज नेपालले ५० % डाउन पेमेन्ट मा ० % ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ।
एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन्।

यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछ।

साथै, बजाजले “बजाज खुसी को ३ डोज”नामक आफ्नो दशैं अभियान सफलता पूर्वक चलाइरहेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्। ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्।

त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १०००००/– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि रु १००००००/–को नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार