डिशहोम फाईबरनेटको “दिमाग हल्लिने अफर”, अब मात्र रु.८९९ मा १०० एमबिपिएसको इन्टरनेट

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
डिशहोम फाईबरनेटको “दिमाग हल्लिने अफर”, अब मात्र रु.८९९ मा १०० एमबिपिएसको इन्टरनेट

काठमाडौं ।

विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ । ईन्टरनेट वितरणको सुरुवाती चरणमा नै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट पर्न सफल भएको छ ।

अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवैभन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ। ग्राहकहरुले मासिक मात्र रु ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

१०० एमबिपिएस ईन्टरनेट सवै भन्दा सस्तो मुल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्नसक्नुहुनेछ । २०७८ असोज ११ गते देखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भईरहेकोछ यो योजना अन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने बताईएको छ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार