
काठमाडौं ।
मोबाइल ब्राण्ड भीभोले नयाँ स्मार्ट फोन ब्राण्ड भीभो वाई २१ आजदेखि नेपाली बाजारमा ल्याएको छ। भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन हो । नयाँ बजारमा आएको यो स्मार्ट फोनको सुपर स्लिम वडीका साथै ५००० एमएएच ब्याट्री र १८ वाट फाष्ट चार्जर छ । पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरुका लागि यो अति उपयोगी छ । यसको विशेषता स्ट्रङ्ग मेमोरी र आकर्षक डिजाइन हो ।
भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले भने, ” भीभोको नयाँ उत्पादन वाई २१ आकर्षक डिजाइन सहित भरपर्दो सेवा दिन सक्ने गरी बनाइएको छ। यसका डिजाइनहरुमा ८.० एमएम स्लीम वडीमा छ, जुन मूल्य अनुपातमा अक्ति उपयोगी छ। वाई २० को पूर्ण सफलता पछि वाई २१ नेपाली बजारमा ल्याइएको हो।”
वाई २१ ८.०० एमएम सुपर स्लीम वडीका साथै साइडमा फिङ्गर प्रिन्ट स्क्यानर जडान गरिएको छ, जसले लक–अनलक गर्न र छिटो पहुँचका लागि मद्दत गर्नेछ। ०.४ एम्. एम्. पातलो र यसको पो्रसेसर भन्दा १० ग्राम हल्का भएकाले प्रयोग गर्न सजिलो छ। यो प्रोफेसनल आकार र स्टाइलिस हुनुका साथै हेर्नका लागि सजिले ६.५१ इन्च डिस्प्ले स्क्रिन छ।
वाई २१ का विशेषतामा ५००० एमएएच व्याट्री, १८ वाटको फाष्ट चार्जर टाइप सी, डिभाइस सोकेश ४ जीबी प्लस १ जीबीसहित दोस्रो जेनेरेशनको र्याम छ जस्ले सहज तरिकाले एप्स संचालन गर्न सकिनेछ । साथै झन्झट विना एकै पल्ट एक भन्दा बढी एप्स संचालन गर्न सकिने यसको क्षमता रहेको छ । वाई २१ ले ६४ जिबी को साथ अत्यधिक १ टिबी (अतिरिक्त खरिद गर्न सकिने) बढाउन सक्ने मेमोरी क्षमतामा निर्माण गरिएको छ, जस्ले सजिलै ठुलो फाईल भण्डारण गर्न सकिने छ।
भिभो वाई २१ मा मुख्य क्यामरा १३ एमपी क्यामरा जडान गरिएको छ। जसले बहुपक्षीय र कम प्रकाशबाट फोटो लिन सकिन्छ। अगाडीको क्यामरामा २ एमपी माइक्रो क्षमता युक्त क्यामरा जडान गरिको छ । यसको लेन्सले ४ सिएम सम्म नजदिक आफ्नो वरपर लुकेर रहेका तर आकर्षक दृश्यहरुलाई कैद गर्न सकिन्छ।
८ एमपीको फ्रन्ट क्यामराले प्राकृतिक सौन्दर्यलाई स्पष्ट र सफाहरुमा खिच्ने क्षमता राख्दछ। त्यसैले ग्राहकले आफ्नो रुचिअनुसार सेल्फी तथा अन्य प्रयोग गरी आत्मसन्तोषको अनुभव गर्न सक्नेछ । क्यामरा उपकरणमा २.० फिल्टरको प्रयोगले कुनै पनि प्रकाशमा तथा रङ अनि एच डि आर छायाँकनमा रमाउन सकिने बताईएको छ ।
वाई २१ स्मार्टफोन मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा उपलब्ध हुनेछ र असोज १९ (अक्टोबर ५) देखि नेपाली बजारमा खरीद गर्न सकिनेछ । हाल यसको मूल्य प्रतिसेट रु २२,९९९/- तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार