टिकटक र पब्जी २०२१ को तेस्रो त्रैमासमा सबैभन्दा धेरै कमाउने एप्स

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
टिकटक र पब्जी २०२१ को तेस्रो त्रैमासमा सबैभन्दा धेरै कमाउने एप्स

काठमाडौं ।

टिकटक र पब्जीले पछिल्लो समय विश्वभर निकै लोकप्रियता हासिल गरेको देखिएको छ। वास्तवमा भन्दा यी दुई एप्स सबैभन्दा धेरै डाउनलोड हुने र धेरै कमाउन एपहरु भएका छन् ।

सेन्सर टावरले हालै जारी रहेको नयाँ रिपोर्टकाअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा यी सबैभन्दा धेरै डाउनलोड हुने र कमाउने एप भएका छन् । रिपोर्टकाअनुसार तेस्रो त्रैमासमा एप स्टोर र गूगल प्ले स्टोर दुबै प्लेटफर्ममा सबैभन्दा धेरै कमाउने र डाउनलोड भएका छन् ।

उपयोग धेरै बढेको
रिपोर्टका अनुसार टिकटक विश्वमा सबैभन्दा धेरै कमाउने एप थियो। अर्कोतर्फ,पब्जीले गेमिङ्ग क्याटगोरीमा ग्लोबल लेभलमा पहिलो नम्बर ओगटेको छ। टिकटकमा ४० प्रतिशत भन्दा बढि वृद्धि भएको छ भने पब्जी मोबाइलको उपयोग गत बर्षको तुलनामा ११ प्रतिशतले बढेको छ।

यी एप्सले पनि कमाए
सेन्सर टावरको रिपोर्ट अनुसार, टिकटक वर्षको तेस्रो क्वाटरमा सबैभन्दा धेरै कमाउने एप थियो। यस बाहेक, मंगा रिडर पिकोमा (Manga reader Piccoma) एप नम्बर दुईमा रह्यो। यी दुईपछि, युट्युबले सूचीमा तेस्रो स्थान ओगटेको छ। गुगल वनले चौथो नम्बर कब्जा गर्यो। डिज्नी प्लस यस सूचीमा पाँच नम्बरमा रहेको छ। समग्रमा, टिकटकले सबैभन्दा धेरै कमाए तापनि, गुगल वन गुगल प्ले स्टोरमा यो भन्दा अगाडि रह्यो।

३ अर्ब टिकटक प्रयोगकर्ताहरु
२०२१ को तेस्रो क्वाटरमा टिकटक विश्वव्यापीरुपमा सबैभन्दा धेरै डाउनलोड भएको थियो। संसारभरि टिकटकको तीन अर्ब भन्दा धेरै प्रयोगकर्ताहरु छन्।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १९ आश्विन २०७८, मंगलवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १९ आश्विन २०७८, मंगलवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १९ आश्विन २०७८, मंगलवार