ह्वावे आईसीटी पुरस्कार २०२१ लाई एसोसिएट प्रायोजकको रूपमा समर्थन गर्दै

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
ह्वावे आईसीटी पुरस्कार २०२१ लाई एसोसिएट प्रायोजकको रूपमा समर्थन गर्दै

काठमाडौं ।

नेपालमा आईसीटी उद्योगको विकासलाई बढावा दिने आफ्नो भिजनसँग प्रतिबद्ध रहि ह्वावेले यस बर्ष डिसेम्बरमा आयोजना हुने आईसीटी अवार्ड, नेपालको सबैभन्दा ठूलो टेक्नोलोजी अवार्डको लागि एसोसिएट प्रायोजकको रुपमा समर्थन जारी राखेको छ।

ह्वावे अक्टोबर २ मा स्टार्टअप एण्ड इनोभेसन फेस्ट २०२१ मा पनि उपस्थित भएको थियो । सो कार्यक्रम पुरस्कार समारोहको अगाडी प्रेसिडेन्शियल बिजनेस स्कूल, थापागाउ, नयाँ बानेश्वरमा आयोजना गरिएको थियो । फेस्टमा उत्पादन, स्टार्टअप र राइजिंग स्टार इनोभेसन विधाको फाइनलिस्टहरुले आफ्नो उत्पादन र इनोभेटिभ विचारहरुको प्रदर्शन गरेको थियो ।

“आज यहाँ उपस्थित सबै फाइनलिस्ट उत्कृष्ट छन्। उनीहरुसंग साँच्चै अचम्मको बिचार र उत्पादनहरु छन्, “नेपालमा ह्वावे क्लाउड प्रमुख इवान मोले भने। उनले थपे, “यो नेपालमा आईसीटी उद्योगको लागि एक रोमाञ्चक समय हो । यसले हामीलाई स्टार्टअप कल्चर र डिजिटल नेटिभ व्यवसायहरुको वृद्धिले हामीलाई खुशी तुल्याएको छ। आईसीटी उद्योगमा ३ दशक भन्दा बढीको अनुभवसँगै हामी विश्वास गर्दर्छौं कि ह्वावे अब सबैभन्दा राम्रो नेपाली क्लाउड सेवा हो जसले सबै आकारका नेपाली स्टार्टअपलाई समर्थन गर्न सक्षम छ।”

ह्वावे क्लाउड एक छिटो बढ्दो सार्वजनिक क्लाउड सेवा प्रदायक हो । गार्टनर रिपोर्ट मार्केट शेयरका अनुसार आईटी सर्भिसेस, वर्ल्डवाइड २०२०, ह्वावेको २०२० IaaS मार्केट शेयर चीनमा नम्बर २ र ग्लोबल मार्केटमा नम्बर ५ मा रहेको छ । ह्वावे क्लाउड एक मात्र अन्तर्राष्ट्रिय क्लाउड सेवा प्रदायक पनि हो जसको नेपाली बजारमा स्थानीय उपस्थिति र स्थानीय समर्थन छ।

ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई बढावा दिन यस्ता कार्यक्रमहरुलाई समर्थन गर्न जारी राख्नेछ।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार