५० प्रतिशत इन्टरप्राइजले विन्डोज ११ को मापदण्ड पूरा गरेनन्: सर्वेक्षण

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
५० प्रतिशत इन्टरप्राइजले विन्डोज ११ को मापदण्ड पूरा गरेनन्: सर्वेक्षण

काठमाडौं ।

माइक्रोसफ्टले विन्डोज ११ का लागि अलिक असहज प्रकारको सेटअप बनाएकाले धेरै जसोले यो योग्यता पूरा गर्न नसकेका पाइएको छ।

सूचना प्रविधि व्यवस्थापन कम्पनी ल्यानस्विपरले हालै गरिएको एक सर्वेक्षणमा कुल वर्कस्टेशनमध्ये ४४.४४ प्रतिशतले मात्र माइक्रोसफ्ट सीपीयूको योग्यता पूरा गरेका पाइएको हो।

तीमध्ये ५२.५५ प्रतिशत डिभाइसमा टीपीएम २.० चिप रहेका पाइएको थियो।

यसको मतलब ठूलव सङ्ख्याका पर्सनल कम्प्युटर चलाउने यूजरले यसका लागि आवश्यक टीपीएम चिपसेटको योग्यता पूरा नगरेकाले नयाँ ओएसमा अपडेट गर्न नपाउने बुझिएको छ।

सर्वेक्षणमा टीपीएम २.० लाई मात्र केन्द्रमा राखिएको भने होइन। माइक्रोसफ्टले यसका लागि आवश्यक प्रोसेसरको जेनेरेशन पनि छुट्याइदिएको छ। यसमा कम्तीमा पनि इन्टेलको आठो जेनेरेशन चिप आवश्यक हुनेछ।

यसबाहेक आई७-७८२०एचक्यू लगायतका केही ७ औं जेनेरेशनका प्रोसेसरहरु पनि यो सूचीमा अटाएका छन्।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार