अब एआईले २ घण्टापछि पानी पर्ने वा नपर्ने भन्ने पूर्वानुमान गर्ने

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
अब एआईले २ घण्टापछि पानी पर्ने वा नपर्ने भन्ने पूर्वानुमान गर्ने

काठमाडौं ।

गुगलको स्वामित्वमा भएको लन्डन एआई ल्याब डीपमाइन्ड तथा यूनिभर्सिटी अफ एक्सेटरका वैज्ञानिकहरुले नाउकास्टिङ सिस्टम निर्माण गर्न मेट अफिससँग साझेदारी गरेको छ।

परम्परागत पद्धतिले जटिल अभिव्यञ्जकहरु प्रयोग गर्ने साथै प्राय ६ घण्टादेखि ६ दिनसम्मको मात्रै माैसम पूर्वानुमान गर्न सक्छ।

यो एआई सिस्टमले पुरानो पद्धतिको भन्दा कम समयको माैसम लगायत गम्भीर आँधी तथा बाढीको पनि पूर्वानुमान गर्ने सक्ने बुझिएको छ।

जलवायु परिवर्तनका कारण नकारात्मक माैसमी अवस्थाको पूर्वानुमान गर्न असहज हुँदै गएको छ। पानीको प्रवृत्ति र मात्रा बढ्न थालेपछि त्यसले गम्भीर भाैतिक तथा मानवीय क्षति गर्ने अनुसन्धाताहरुले बताएका छन्।

‘माैसमको परिणाम क्षति गराउने खालको हुन्छ जसमा जनधनको क्षति पनि हुन सक्छ। जलवायु परिवर्तनले यस्ता क्षतिलाई अझै सामान्य बनाउने गर्दछन्’, मेट अफिसको साझेदारी तथा प्रडक्ट इनोभेसन प्रमुख नियाल रबिन्सनले भने।

उनले छोटो समयको मोसम पूर्वानुमानले जनधनको सुरक्षा गर्नमा मद्दत गर्ने पनि थपे।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार