फक्सकनले लर्डसटाउन मोटर्स तथा फिस्कर इंकका लागि विद्युतीय गाडी निर्माण गरिदिने

  • Technology Khabar | १७ आश्विन २०७८, आईतवार
फक्सकनले लर्डसटाउन मोटर्स तथा फिस्कर इंकका लागि विद्युतीय गाडी निर्माण गरिदिने

काठमाडौं ।

फक्सकनले लर्डसटाउन मोटर्स तथा उसको आफ्नो अर्को साझेदार कम्पनी फिस्कर इंकका लागि विद्युतीय गाडी निर्माण गरिदिने भएको छ।

बिहीबार भएको सम्झाैता अनुसार यो निर्माण ओहायोमा रहेको जीएमको पुरानो फ्याक्ट्रीबाट हुने बताइएको छ।

लर्डसटाउनले बिहीबार आफूले फक्सकनलाई ६२ लाख वर्गफिटमा फैलिएको फ्याक्ट्री बेच्न लागेको बताएको छ। लर्डसटाउनले उक्त फ्याक्ट्री सन् २०१९ मा जनरल मोटर्ससँग किनेको थियो।

सम्झोता अनुसार फक्सकनले लर्डसटाउनलाई उक्त फ्याक्ट्रीक लागि २३ करोड डलर भुक्तानी गर्नेछ। यसमा लर्डसटाउनको हब मोटर एसेम्बली लाइन, ब्याट्री मोड्युल तथा प्याकेजिङ लाइनसम्बन्धी सम्पत्तिहरुका साथै निश्चित बोद्धिक सम्पत्ति अधिकार समावेश गरिएको छैन।

फक्सकनले लर्डसटाउनको ५ करोड डलर बराबरको शेयर पनि किन्ने बुझिएको छ।

दुवै कम्पनीले फक्सकनले लर्डसटाउनको एन्ड्युरेन्स नामक फुल साइज पिकअप ट्रकको एसेम्बल गर्ने सम्झोतामा हस्ताक्षर गर्ने बताएका छन्।

यी दुवैबीच यसबाहेकका अन्य पिकअप ट्रक योजनाहरुका लागि आवश्यक इजाजत लिनेतर्फ पनि सहमत भएका बुझिएको छ।

दुवै कम्पनीका अनुसार यो सम्झाैताको उद्देश्य उत्तर अमेरिकामा विद्युतीय सवारीका क्षेत्रमा  लर्डसटाउन मोटर्स तथा फक्सकन दुवैको बजार अवसर बढाउनु रहेको बताएका छन्।

यसमा फक्सकनको ईभी कम्पनी फिस्करसँग हाल रहेको सम्झोता पनि समावेश हुनेछ। लर्डसटाउन र फिस्कर अलग अलग कम्पनी भएका र एक आपसमा कुनै सम्बन्ध नभएको पनि प्रस्ट पारिएको छ।

प्रकाशित: १७ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार