
काठमाडौं ।
नेपाली ट्रेकिङ्ग व्यवसायीहरुको छाता संस्था ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ।
काठमाडौंस्थित टानको कार्यालयमा शुक्रवार आयोजित कार्यक्रमकाबिच अध्यक्ष खुमबहादुर सुवेदीले https://www.taan.org.np डोमेन नाम भएको नयाँ वेबसाइटको उद्घाटन गरे।
टानको पुरानो वेबसाइटले सुचना कम दिने खालको भएकाले बढीभन्दा बढी सुचना तथा जानकारीहरु दिन सकियोस् र टानमा आवद्ध सदस्य एजेन्सीहरुले छिटो छरितो रुपमा आफ्नो घर तथा अफिसबाटै डकुमेन्टेशन गर्न सकोस भन्ने उद्देश्य साथ नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए ।
उनले यस नयाँ वेबसाइटमार्फत् सदस्य एजेन्सीहरुले प्याकेज बेच्न, अनलाइनमार्फत नै भुक्तानी गर्न सकिने पनि बताए।
अध्यक्ष सुवेदीले टानको वेवसाइटमार्फत विदेशीहरुलाई नेपालको पर्यटनको सन्दर्भमा विविध जानकारी दिन सकिने विश्वास पनि व्यक्त गरे ।
प्रकाशित: १६ आश्विन २०७८, शनिबार