
काठमाडौं ।
होन्डाले गत बिहीबार आगामी दशकका लगि आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेको छ।
कम्पनीले प्राथमिकतामा वातावरणीय असर कम गर्ने तथा चन्द्रमासम्म यात्रा गर्नका लागि रोबोटिक्स तथा एभियोनिक्सको कामलाई तीव्रता दिने उल्लेख गरेको छ।
कम्पनीको २०३० भिजनमा होन्डा अवतार रोबोट, एउटा होन्डा ईभीटीओएल एयरक्राफ्ट, पुन: प्रयोग गर्न मिल्ने रकेट तथा अन्तरिक्षका लागि अन्य प्रविधिहरु उत्पादन गर्ने रहेका छन्।
‘हामीले आज सार्वजनिक गरेका सबै कदमहरु होन्डाले लिन लागेका चुनोतीहरु हुन् तर कम्पनीले आफूसँग भएको प्रविधि प्रयोग गरेर सर्वसाधारणको जीवन अझ रोमान्चक बनाउने कार्यमा भने डटिरहने छ’, होन्डाको अनुसन्धान तथा विकास विभागका अध्यक्ष केइजी ओत्सुले भने।
कम्पनीले आफ्नो अनुसन्धान विभागले यसअघि थुप्रै उत्पादन तथा प्रविधिका लागि निकै मेहनत गरिसकेकाले यसले भविष्यमा शून्य वातावरणीय प्रभाव तथा शून्य ट्राफिक ठक्करको फिचरयुक्त उत्पादनहरु सार्वजनिक गर्न मार्गप्रशस्त गर्ने बताएको छ।
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार