अमेरिकाको क्यालिफोर्नियामा चल्ने सबै अटोनोमस भेहिकलले सन् २०३० सम्म शून्य उत्सर्जन गर्नुपर्ने

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
अमेरिकाको क्यालिफोर्नियामा चल्ने सबै अटोनोमस भेहिकलले सन् २०३० सम्म शून्य उत्सर्जन गर्नुपर्ने

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा संचालित सबै लाइट ड्यूटी अटोनोमस भेहिकलहरु सन् २०३०बाट शून्य कार्बन उत्सर्जन गर्ने हुनुपर्ने कानून पारित गरेको छ।

बिहीबार गभर्नर गेभिन न्यूजमद्वारा नयाँ कानूनमा हस्ताक्षर गरीएको छ, जसले राज्यद्वारा ग्रीनहाउस उत्सर्जन कम गर्नको लागी नयाँ इन्टरनल कम्बुस्टन भेहिकलहरुको बिक्री सीमित गर्न नवीनतम प्रयासको प्रतिनिधित्व गर्दछ।

सन् २०२० मा, न्यूजमले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसले २०३५ सम्म नयाँ पेट्रोल र डिजल संचालित सवारी साधनहरुको बिक्रीलाई प्रभावी ढंगले प्रतिबन्धित गरेको छ। सोही वर्ष, राज्यको वायु संसाधन बोर्डले २०४५ सम्म क्यालिफोर्नियामा बेचेका सबै नयाँ ट्रकहरुलाई शून्य उत्सर्जन गर्ने आदेश दियो।

क्यालिफोर्निया अमेरिकामा पहिलो राज्य हो जसले आफ्नो सीमाहरुमा फोसिल ईन्धन प्रयोग गर्ने सबै सवारीको बिक्री निषेध गर्ने घोषणा गरेको छ।

कम्तीमा १५ वटा राज्यले यसको नेतृत्व पछ्याएका छन्, र यस्तै खालका उपायहरु गरीरहेछन् जो हेभी ड्यूटी ट्रक, भ्यान र बसहरुमा लागू हुनेछन्।

क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठूलो गाडी बजार हो, जहाँ सडकमा लगभग १ करोड ५० लाख दर्ता गरिएका गाडीहरु सञ्चालनमा छन्।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...