
काठमाडौं ।
चिनियाँ सरकारी मिडियाले दूरसञ्चार कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउलाई क्यानडामा नजरबन्दमा राखिएको एक हजार भन्दा बढी दिनपछि शनिबार “मातृभूमि” मा स्वागत गरेको रोयटर्सले जनाएकोछ।
वान्झाउलाई शनिबार बिहान क्यानडाले रिहा गरेको थियो, र चीन सरकारले वान्झाउको लागी पठाएको चार्टर्ड विमानमा उनी प्रस्थान गरेकी चीनको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
मेङ्ग यसअघि अमेरिकी न्याय विभागसँग सम्झौतामा पुगेकी थिईन्।
‘रिहा हुनुभन्दा केही घन्टा अघि सुनेको एउटा भिडियोमा उनी न्यु योर्कको अमेरिकी संघीय अदालतमा “तथ्यहरुको बयान” मा मात्र सहमत भएकी थिइन् र सबै आरोपमा दोषी नभएको भन्दै आफ्नो गरिमा र ह्वावेको सम्मान कायम राखीन्।’ ग्लोबल टाइम्सले रिपोर्टमा भनेकोछ ।
मेङ्गलाई डिसेम्बर २०१८ मा क्यानाडाको भ्यान्कुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी वारेन्टमा गिरफ्तार गरिएको थियो, र उनलाई कथित रुपमा एचएसबीसी बैंकलाई ईरानमा दूरसञ्चार उपकरण जायन्टको व्यापार लेनदेनको बारेमा भ्रामक जानकारी दिएको भन्दै बैंक र वायर ठगीको आरोप लगाईएको थियो।
उनले अमेरिकी प्रतिबन्धको उल्लंघन गरी ईरानलाई उपकरण बेच्ने ह्वावेसँग सम्बन्धित कम्पनीहरुका प्रयास लुकाउन खोजेकी थिइन्।
वान्झाउ रिहा भएपनि उनको पक्राउ कै दिन चीनमा वान्झाउ पक्राउको विरोधमा पक्राउ परेका क्यानाडेली माइकल कोभ्रिग र माइकल स्पाभर रिहा हुने वा नहुने भन्ने बारेमा जानकारी छैन् ।
चिनियाँ सरकारको प्रशारण सीसीटीभीले ह्वावेका कार्यकारीको एउटा बयान लिएको थियो, जसमा उनको विमान अमेरिकी ध्रुवबाट टाढा उत्तर ध्रुवमा उडेको बताएको थियो।
“उनको आँखा “आँसुले धमिलो” थियो जब उनी “महान मातृभूमिको अँगालो” नजिक आइन्,” मेङ्गले भनिन्, “एक बलियो मातृभूमि बिना, म आजको स्वतन्त्रता पाउँदिन थिएँ।”
दुई बर्ष भन्दा बढी समय कानुनी झगडापछि, उनलाई अन्ततः क्यानाडा छोडेर अमेरिकी अभियोजनकर्ताहरुसंग एक सम्झौता सुरक्षित गरेपछि शुक्रवार चीन फर्कने अनुमति दिईयो।
प्रकाशित: ९ आश्विन २०७८, शनिबार