अबैधरुपमा चोरी गरी ल्याईएका मोबाइल सहित मानिसहरु पक्राउ 

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
अबैधरुपमा चोरी गरी ल्याईएका मोबाइल सहित मानिसहरु पक्राउ 

काठमाडौं ।

महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले भन्सार चोरी पैठारी गरी नेपालमा ल्याई मोबाइल कारोबार गर्ने मानिसहरुलाई चोरी पैठारी गरी ल्याएको मोबाइल फोनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिबासका आकाश कार्की र अमित कुमार महत्तो रहेका छन् ।

भारतबाट मोबाईल लगायतका अन्य सरसामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाका टोलीले आईफोन, सामसङ, लाभा, ओपो, ह्वावे र रियलमी कम्पनीसहितका मोबाईल जम्मा ६१ थान सहित फेला पारी आवश्यक कारबाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण, काठमाडौं पठाईएको जानकारी दिएको छ ।

बरामद भएका सामानहरु:

१। भिभो कम्पनिको मोवाईल थान १२
२। ओपो कम्पनिको मोवाईल थान ११
३। सामसङ कम्पनीको मोवाईल थान १०
४। रेडमी कम्पनीको मोवाईल थान ९
५। आईफोन मोवाइल थान ८
६। रियलमी कम्पनीको मोवाईल थान ४
७। शाओमी कम्पनीको मोवाईल थान ३
८।भीटू कम्पनिको मोवाईल थान १
९। ह्वावे कम्पनिको मोवाईल थान १
१०। टेक्नो कम्पनीको मोवाईल थान १

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ८ आश्विन २०७८, शुक्रबार