सबै प्रकारका क्रिप्टोकरेन्सी अवैध: चीन सरकार

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
सबै प्रकारका क्रिप्टोकरेन्सी अवैध: चीन सरकार

काठमाडौं ।

चीनको केन्द्रीय बैंकले सबै प्रकारका क्रिप्टोकरेन्सी वा त्यससँग सम्बन्धित कारोबार अवैध भएको घोषणा गरेको छ।

बिटक्वाइन तथा अरु डिजिटल मुद्रामा कडाइ भइरहेका बेला पिपल्स बैंक अफ चाइनाको यो सबैभन्दा ठूलो हस्तक्षेपकारी कदम भएको बुझिएको छ।

सरकारी अधिकारीहरुको हालको वक्तव्यले डिजिटल मुद्रा प्रयोग हुने कुनै पनि व्यवसाय अवैध हुने ठहर गरेको छ। यसमा सटही गर्ने, क्रिप्टोकरेन्सी किनबेच गर्ने संघसंस्था तथा अन्य क्रिप्टोसम्बन्धी कारोबार सबै पर्ने बुझिएको छ।

यसबाहेक यसभित्र चीनमा बसिरहेका हरुका लागि इन्टरनेटमार्फत् यस्तो सेवा प्रदान गर्ने समुद्रपारका सटही सेवाहरुसमेत पर्ने बताइएको छ।

तर यसमा मानिसहरुसँग भएको क्रिप्टोकरेन्सीलाई भने अवैध मानिएको छैन।

चिनियाँ अधिकारीहरुले डिजिटल मुद्रा जुवा, नेटवर्क मार्केटिङ, अवैध रकम संकलन तथा सम्पत्ति शुद्धीकरणजस्ता आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको पाइएकाले यस्तो कदम उठाइएको बताएका छन्। यस्ता क्रियाकलापले मानिसहरुको सम्पत्तिको सुरक्षा जोखिम बढ्ने पनि उनीहरुको भनाइ छ।

यो घोषणा हुनुअघिसम्म क्रिप्टोकरेन्सीको मूल्य राम्रै चलिरहेकोमा यो खबर आएपछि एकाएक तल झरेको छ। बिटक्वाइनको मूल्यमा १ घण्टाको बीचमा ६ प्रतिशतले गिरावट आएको छ।

एजेन्सीका साथमा

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार